Logo

जन्मदिनमा नेपालको नक्सा आकारको केक काट्दा प्रधानमन्त्री ओलीको चर्को आलोचना ! पढेर कमेन्ट गर्नुहोला

आफ्नो ६९ ‌औँ जन्मदिन मनाउन हेलिकोप्टर चढेर प्रधानमन्त्री ओली आफ्नो जन्मथलो तेह्रथुमको आठराई पुगेर नेपालको नक्साको आकार दिएर बनाइएको केक काटेर उत्सव मनाए ।

उनले नेपालको नक्सा का’टेर जन्मदिन मनाएको भन्दै सामाजिक सञ्जालमा व्यापक आलोचना भएको छ। ओलीसंग आचारसंहिता उल्लंघन र राज्य टुक्रिएको सन्देश दिने खालको केक काटेको साक्ष्ी बन्न नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ, स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाल, खानेपानी मन्त्री बिना मगर, भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्तकुमार नेम्वाङ, प्रधानमन्त्री पत्नी, स्थानीय जनप्रतिनिधिहरु, नेताहरु, सुरक्षाकर्मीहरु लगायत थिए ।

अहिले येही तस्बिर सामाजिक संजालमा अपलोड गरेर प्रयोगकर्ताहरुले चर्को आलोचना गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्