१. मुटुका रोगीहरु:
कागती पानीमा एसिडको मात्रा धेरै हुन्छ । कागती पानीको धेरै प्रयोग गर्नाले एसिडिटी वढ्ने, मुटुको जलन र एसिड रिफलक्स जस्ता समस्याले सताउने गर्छ । मुटुका रोगीहरु कागती पानीबाट टाढा बस्नु नै फाइदा हुन्छ । गर्मीको समयमा दिनको तीन चार पटक पनि कागती पानी पिउने गर्छन् । जसले स्वास्थलाई नराम्रो असर गर्छ ।
२. अल्सर भएका व्यक्ति:
अल्सर भएका व्यक्तिहरुका लागि पनि कागती पानी घातक बन्न सक्छ । त्यसैले यस्ता व्यक्तिले कागती पानी नखानु राम्रो हुन्छ । पेट दुख्ने र पोल्ने समस्याले अल्सरले विकराल रुप समेत लिनसक्छ ।
३. दाँतको समस्या भएको व्यक्ति:
कागती पानी धेरै पिउनाले दाँतको इनामेल नष्ट भई टुक्रिने, फुट्ने र सेन्ट्रिभेट वढ्न सक्छ । दाँतको समस्या भएको व्यक्तिहरुले कागती पानी पिउन हुँदैन् । आफ्नो शरीरले खप्नसक्ने जति मात्र कागती पानी पिउन सकिन्छ । पिसाबसँग सम्बन्धित समस्या भएको व्यतिmले कागती पानी पिउन हुँदैन् ।
४. डाइबेटिज र पथरीको सर्जरी गरेको व्यक्ति:
कागती पानीले छिटो पिसाब लाग्नुको कारण यस खालका समस्याहरुमा प्रभावित पर्छ । डाइबेटिज र पथरीको सर्जरी गरेको व्यक्तिलाई कागती पानी निकै घातक हुन्छ ।
५. कफ र पित्तको समस्या भएको व्यक्ति:
कागती पानीले कफ र पित्त वढाउँछ । कफ र पित्तको समस्या भएको व्यक्तिले कफ र पित्त वढाउने सम्भावना धेरै हुन्छ । कागती पानी पिउने बानीेले आफ्नै शरीरलाई ठूलो समस्यामा पार्छ । स्वस्थ र व्यस्त रहन अत्यधिक कागती पानी पिउनबाट टाढा रहनुपर्छ ।
प्रतिक्रिया