यस्ता छन् छोकडाका फाइदाहरु:-
छोकडामा प्रशस्त मात्रामा बिटामिन, आइरन, क्याल्सियम, जिंक तथा म्याग्नेशियम पाइन्छ । यसको सेवनले शरीरमा शक्ति पैदा गर्न मद्दत गर्छ ।
छोकडालाई दूधमा उमालेर सुत्ने बेलामा चपाएर लगातार खाएमा यौन दुर्बलता कम हुन्छ । र शरीरलाई मजबुत पनि बनाउने काम गर्छ ।
बिहान–साँझ छोकडा चपाएर खाने र सोही समयमा मनतातो पनि खाएमा कब्जियत हुने समस्या हटाउन सकिन्छ ।
बिहान–साँझ छोगडा खाँदा दमका रोगीलाई राहतको महसुस मिल्छ ।
यदी कसैलाई घाउ–खटिरा आएमा छोकडाको दानालाई घोटेर लगाउनाले घाउ निको हुन्छ ।
दैनिक छोकडा खाँदा शरीरमा रगतको मात्रा पनि बढ्छ । जसले रगत कमी हुने समस्यालाई अन्त्य गर्छ ।
छोकडामा क्याल्सियम पर्याप्त मात्रामा हुने भएकाले हड्डीहरुलाई बलियो बनाउने काम गर्छ ।
छोकडालाई उचित रुपमा सेवन गरे मधुमेहका रोगीहरुलाई पनि फाइदा मिल्छ ।
यो खानाले अनुहारमा चमक र निखारता आउँछ ।
यसमा ग्लूकोज र फ्रूक्टोजको मात्रा बढी पाइन्छ, फलस्वरुप तपाईको रोग प्रतिरक्षा शक्ति पनि बढ्छ ।
वजनलाई सन्तुलिन रुपले बढाउँन मद्दत गर्दछ ।
थकाइ महशसु भएको बेला खजूर खाएमा तुरुन्तै शरीरमा ऊर्जा भरिएर आउँछ ।
यसमा भिटामिन बि हुने हुदा यो खादा पिम्पल हट्छ ।
प्रतिक्रिया