यी निडर ६० वर्षका वृद्ध जसले शार्कको आँखामा मुक्का हानेर बचाए आफ्नो ज्यान !
आईतवार न्युजिल्याण्डको पौनुईमा ६० वर्षका एक व्यक्तिलाई समुन्द्रको यात्रामा ग्रेट ह्वाइट शार्कले हमला गरेको छ । तर ति व्यक्ति निकी मिनोगले नडराई शार्कसँग सामना गरेका छन् । उनले मुड्कीले हानेर भगाएका छन् ।
प्रहारका क्रममा उनलाई शार्कले हातमा टोकेको छ । उनी हरेक दिन जसरी नै आइतवार पनि समुन्द्रमा यात्रा गरिरहेका थिए । त्यहि बेला अचानक शार्क आयो र सर्फिङ्ग बोर्डमा हमला गर्न थाल्यो ।
हमला पछि उनी समुन्द्रमा खसे । तर उनले शार्कलाई त्यत्तिकैै आफू शार्क आहारा बन्न दिएनन् । उनले पनि मुड्किले शार्कलाई प्रहार गरेर त्यहाँबाट भगाए । उनको नजिकै भएका जर्मन सर्फरले उनलाई समुन्द्रबाट निकालेका थिए ।