जान्नुहोस् : मानिसको उचाई अनुसारको तौल कति हुनुपर्छ ?


हिजोआज मानिसहरु आफ्नो शरीरको तौलको विषयलाई लिएर धेरै चिन्तित हुन थालेका छन् । कतिपय मानिसहरुको तौल उचाई अनुसार मिल्दैन । कसैको उचाई अनुसार तौल नै पुग्दैन त कसैको धेरै भईदिन्छ । धेरै मानिसहरुको उचाई अनुसार उत्तम तौल हुँदैन । विशेषज्ञको अनुसार बडी मास इन्डेक्स बीएमआईले स्वस्थ मानिसको उचाइअनुसारको वजन कति हुनपर्छ भन्ने जनाउँछ । बीएमआई निकाल्नको लागि मानिसको उचाइ मिटरमा र तौल किलोमा नाप्नुपर्छ । अब उचाइमा आएको मिटरलाई दुई पटक गुना गरेपछि आउने प्रतिफलले तौललाई भाग गर्दा आउने अंक बडी मास इन्डेक्स हो ।

२४.९ सम्मको बडी मास इन्डेक्सलाई सामान्य मानिन्छ, २५ देखि २९।९ सम्मलाई ओभरवेट अर्थात् मोटोपना भएको मानिन्छ भने ३० देखि माथि देखिएमा अत्यधिक वजनदारमा गनिन्छ । तर दक्षिण एसियाका जनताको खानपान, शारीरिक बनावट आदिको आधारमा विश्व स्वास्थ्य संगठनले अलग्गै बीएमआई निर्धारण गरेको छ । दक्षिण एसियाका मानिसका लागि १८.५ देखि २२.९ सम्म सामान्य, २३ भन्दा माथि गएमा बढी तौल भएकोमा गनिन्छ ।

कस्को बीएमआइ कति हुनुपर्दछ ?

१८.५ भन्दा कम बीएमआइ हुने व्यक्तिलाई ‘दुब्लो’ भनिन्छ।
१८.५ देखि २५ सम्मको बीएमआइ हुनेलाई ‘उत्तम तौल’ भएको व्यक्ति भनिन्छ।
२५ देखि ३० सम्मको बीएमआइ हुनेलाई ‘अधिक वजन’ भएको व्यक्ति भनिन्छ।
३० भन्दा बढि बीएमआइ हुनेलाई ‘अति मोटो’ भनिन्छ।

बीएमआइ अनुसार उचाईअनुसार मानिसको उत्तम तौल यस्तो हुनपर्छ ?

-४ फिट ६ इन्च उचाई भएको पुरुषको २८ देखि ३५ केजीको हुनुपर्छ भने महिलाको पनि २८ देखि ३५ नै हुनुपर्छ
-४ फिट ७ इन्च उचाई भएको पुरुषको तौल ३० देखि ३९ केजीको हुनुपर्छ भने महिलाको ३० देखि ३८ केजीको हुनुपर्छ ।
-४ फिट ८ इन्च उचाई भएको पुरुषको तौल ३३ देखि ४० केजीको हुनुपर्छ भने महिलाको ३२ देखि ४० केजीको हुनुपर्छ ।
-४ फिट ९ इन्च उचाई भएको पुरुषको तौल ३५ देखि ४४ केजीको हुनुपर्छ भने महिलाको तौल ३५ देखि ४२ हुनुपर्छ ।
-४ फिट १० इन्च उचाई भएको पुरुषको तौल ३८ देखि ४६ केजीको हुनुपर्छ भने महिलाको तौल ३६ देखि ४५ केजीको हुनुपर्छ ।
-४ फिट ११ इन्च उचाई भएको पुरुषको तौल ४० देखि ५० केजी हुनुपर्छ भने महिलाको तौल ३९ देखि ४७ केजीको हुनुपर्छ ।
-५ फिट उचाई भएको पुरुषको तौल ४३ देखि ५३ केजीको हुनुपर्छ भने महिलाको तौल ४० देखि ५० केजीको हुनुपर्छ ।
-५ फिट १ फिट उचाई भएको पुरुषको तौल ४५ देखि ५५ केजीको हुनुपर्छ भने महिलाको तौल ४३ देखि ५२ केजीको हुनुपर्छ ।
-५ फिट २ इन्च उचाई भएको पुरुषको तौल ४८ देखि ५९ केजीको हुनुपर्छ भने महिलाको तौल ४५ देखि ५५ केजीको हुनुपर्छ ।
-५ फिट ३ इन्च उचाई भएको पुरुषको तौल ५० देखि ६१ केजीको हुनुपर्छ भने महिलाको तौल ४७ देखि ५७ केजीको हुनुपर्छ ।
-५ फिट ४ इन्च उचाई भएको पुरुषको तौल ५३ देखि ६५ केजी हुनुपर्छ भने महिलाको ४९ देखि ६० केजीको हुनुपर्छ ।
-५ फिट ५ इन्च उचाई भएको पुरुषको तौल ५५ देखि ६८ र महिलाको ५१ देखि ६२ केजीको हुनुपर्छ ।
-५ फिट ६ इन्च उचाई भएको पुरुषको तौल ५८ देखि ७० केजी र महिलाको ५३ देखि ६५ केजी सम्मको हुनुपर्छ ।
-५ फिट ७ इन्च उचाई भएको पुरुषको तौल ६० केजी देखि ७४ केजीसम्मको हुनुपर्छ भने महिलाको तौल ५५ देखि ६७ केजी सम्मको हुनुपर्छ ।
-५ फिट ८ इन्च उचाई भएको पुरुषको तौल ६३ केजी देखि ७६ केजी सम्मको र महिलाको तौल ५७ देखि ७० केजी सम्मको हुनुपर्छ ।
-५ फित ९ इन्च उचाई भएको पुरुषको तौल ६५ देखि ८० केजी र महिलाको ५९ देखि ७२ केजी सम्मको हुनुपर्छ ।
-५ फिट १० इन्च उचाई भएको पुरुषको तौल ६७ देखि ८३ केजीको हुनपर्छ भने महिलाको तौल ६१ देखि ७५ केजी सम्मको हुनुपर्छ ।
-५ फिट ११ इन्च उचाई भएको पुरुषको तौल ७० देखि ८५ केजीको हुनुपर्छ भने महिलाको तौल ६३ देखि ७७ केजी बराबरको हुनुपर्छ ।
-६ फिट उचाई भएको पुरुषको तौल ७२ देखि ८९ केजीको हुनुपर्छ भने महिलाको तौल ६५ देखि ८० केजी बराबरको हुनुपर्छ ।