Logo

एक्कासी चितवनमा हावाहुरी सहित भिषण असिना पानी !

चितवनमा आज भिषण असिना पानी परेको छ ।बिहानदेखि मौसम सफा रहे पनि दिउँसो तीन बजे एक्कासी मौसम बदलिएर असिना पानी परेको हो । पानी, हावासहितको असिनाले जनजीवन प्रभावित भएको छ । नारायणगढमा किनमेलमा पुगेका सर्वसाधारणको बीचमा एकछिन भागदौँड नै भएको थियो । असिनाले केरा, तरकारीखेतीमा के कस्तो असर परेको छ भन्ने विस्तृत जानकारी भने प्राप्त भएको छैन ।

उता पोखराको फेवातालमा डुङगा प’ल्टिदा एक जना बे’पत्ता भएका छन् ।काठमाडौ महानगरपालिका १२ का २५ बर्षिय सुमित लुईटेल बे’पत्ता भएका हुन् ।सोही ठाउँका रूपेश अधिकारी र सुबिन चालिसेको उ’द्धार भएको छ ।

पोखरा महानगरपालिका १८ खपैदी स्थित फेवाताल किनाराबाट उनीहरु ३ जना आफै डुङगा च’लाएर फेवाताललमा सयर गर्ने क्रममा डुङगा प’ल्टिएका थिए ।डुङगा प’ल्टिएको देखेपछि उ’द्धार लागि गएका पोखरा १८ खपौदीका ५० बर्षिय बुद्धि ज’लार बे’होस भएका पछि उनलाई शसस्त्र प्रहरीले उ’द्धार गरेको छ ।

उनको अहिले मेट्रोसिटि अस्पतालमा उपचार भएको छ ।ह’राईरहेका सुमित लुईटेलको नेपाली सेना, शसस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयले खो’जी गरीरहेका छन् । तीन जना पोखरा घु’म्नका लागि आएका थिए । डुङगा चढ्दा ला’इफ ज्या’केट ला’उनु पर्ने अनि’ भएपनि उनी नलगाई चढेको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्