विश्व बैंकले नेपालको जलविद्युत क्षेत्रमा भएको प्रगतिलाई संसारमै गर्व गर्न लायक भएको बताएको छ । काठमाडौंमा भएको उर्जा सम्मेलनलाई सम्बोधन गर्दै विश्व बैंकका निर्देशक फरिस एच हदाद जर्भोसले विद्युतीकरणमा नेपालले संसारमै राम्रो प्रगति गरेको बताउनुभएको हो । नेपालले सन् २०१८देखि लोडसेडिङ हटाएकोमा खुसी व्यक्त गर्दै उहाँले गुणस्तरीय विद्युतका लागि नेपाल सरकारसँग साझेदारी गर्न पाएकोमा आफूलाई पनि गर्व लागेको बताउनुभयो ।
नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको सफल व्यवस्थापनको कारण नेपाल लोडसेडिङमुक्त भएको भन्दै जर्भोसले प्रशंसा गर्नुभयो । निर्देशक जर्भोसले सन् २०१७ को सर्वेक्षणपछि नेपालले ग्रिड विद्युतीकरण जनसंख्या ७२ देखि ७८ सम्म बढाउँदै थप प्रगति गरेको र सन् २०१८ देखि देशमा लोडसेडिङ हटाएकोमा खुशी लागेको बताउनुभयो ।
उहाँले गुणस्तरीय विद्युतको लागि नेपाल सरकारसँग साझेदार गर्न पाएकोमा गर्व लागेको पनि बताउनुभयो। लोडसेडिङमा रहेको नेपाललाई घिसिङले नेतृत्व सम्हालेको छोटो समयमा ने लोडसेडिङमुक्त गराउन सफल हुनुभएको थियो ।
विद्युतको अभाव खपिरहेको प्राधिकरणले अहिले छिमेकी देश भारतलाई विद्युत बेच्ने अवस्थासम्म पुगिसकेको छ ।
प्रतिक्रिया