Logo

प्रधानमन्त्री केपी ओलीको कुर्सीमा बस्ने नैतिकता हराइसकेको छ : गगन थापा

गिरिजाप्रसाद कोइराला फाउण्डेशनले दाङमा आयोजना गरेको ‘कोइरालाको शान्तिप्रक्रिया स्थापनामा योगदान’ विषय कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व मन्त्री गगनकुमार थापाले प्रधानमन्त्री केपी ओलीको कुर्सीमा बस्ने नैतिकता हराइसकेको बताएका छन् ।

उनले वर्तमान सरकार र मन्त्रीको दैनिक जसो सार्वजनिक हुने काण्डले प्रधान्मन्त्रीको कुर्सीमा बस्ने नैतिकता हराएको टिप्पनी गरेका छन् । उनले भने, ‘कति काण्ड उहाँसँगै छन्, कति अरूसँग भए, यसले पनि ओलीको पदमा बस्ने नैतिकता देखिँदैन ।’

उनले विभिन्न काण्डले प्रधानमन्त्री कुर्सीमा बस्ने राजनीतिक र नैतिक कुनै आधार नरहेको बताएका छन् । थापाले बहुमतको सरकारले संविधान रक्षा गरेर संविधानको कार्यान्वयनमा लाग्नुको साटो संविधानलाई कमजोर बनाउने दृष्टता गरेको बताएका छन् । सरकारले संविधान नै संकटमा पर्ने गरी गतिविधि सञ्चालन गरेको उनको भनाइ छ ।

उनले शान्ति निर्माण र अन्तरिक संविधानमा गिरिजाप्रसाद कोइरालाले बनाएका आधार र जगलाई बलियो बनाउनुको साटो बहुमतको सरकारले सिध्याउन लागेको समेत आरोप लगाएका छन् ।

प्रतिक्रिया दिनुहोस्