Logo

कलंकीमा डरलाग्दो दुर्घटना, ब्रेकफेल भएको ट्रकले ९ वटा सवारीलाई ठक्कर दियो

कलंकीमा साँझ मालवहाक ट्रकले ९ वटा सवारीसाधनलाई ठक्कर दिएको छ। थानकोटबाट कलंकीतर्फ आइरहेको मालवहाक ट्रकको ब्रेक फेल हुँदा ३ मोटरसाइकल, १ स्कुटर, २ मिनीट्रक १ स्कोर्पियो, १ ट्याक्सी र १ सरकारी गाडीलाई ठक्कर दिएको हो।

सो दुर्घटनामा १ जनाले ज्यान गुमाएको कालिमाटी प्रहरी वृत्तका डिएसपी रुगम कुँवरले जानकारी दिए। उनका अनुसार चितवन टाँडीका समशेर गुरुङले घटनास्थलमै ज्यान गुमाएका हुन्।

दुर्घटनामा परी १० घाइते भएका छन्। घाइतेमध्ये ४को अवस्था गम्भीर छ। सर्लाही घर भएका ट्रक चालक वीरेन्दुकुमार साहलाई नियन्त्रणमा लिइएको डिएसपी कुँवरले जानकारी दिए। ट्रक पनि नियन्त्रणमा लिइएको र थप छानविन भइरहेको उनले बताए।

प्रतिक्रिया दिनुहोस्