सयौं ब्यक्ति एउटा हलमा जम्मा भएका छन् । सयौं मानिस न कुनै गोष्टि न सेमिनारका लागि जम्मा भएका भने होइनन् । एउटा पुरै गाउँलाई नै ठगी गरेर ४६ वर्यीया मनु वराल हराएपछि गाउँले यसरी भेला भएर न्याय माग्न आएका हुन् । घटना हो बाँकेको कोहलपुको । बाँके कोहलपुरकी ४६ वर्षीया मनु वरालले पुरै टोलका स्थानियलाई नै ठगी गरेर हराएकी छन् ।
उनले विभिन्न सहकारी संस्थावाट उनले लाखौं रुपैया लिएर हराएकी हुन् । उनले करिब दुई दर्जन बढी सहकारी संस्थावाट लाखौं रुपैया र केही स्थानियवाट पनि उनले पैसा लिएकी थिइन् ।वरालले २ करोड भन्दा बढी रुपैया लिएर भागेपछि अहिले एक सय भन्दा बढी ब्यक्ति न्यायका लागि मिडियामा आएका हुन् । मनु वरालले एउटा गाउँलाई नै कसरी झुक्याउन सकिन त ?
यो अचम्मको कुरा हो । यति ठूलो हिम्म त आँट कसरी गरिन् ? मनु माइती वर्दियाको बाँसगढी हो । उनलाई बाँसगढी छँदा देखि नै चिनेकी एक जना महिलाले विवाह अघि देखि पनि उनले समुहहरुमा खेल्ने गरेको देखेको बताइन् । माइतीमा समुहहरुमा बसेर ऋण लिन गरेको भएपनि यस्तो समस्या भने कहिल्यै नदेखेको बताइन् । वरालको श्रीमान मोटरसाइकल दुर्घटनाका कारण अहिले हिरासतमा छन् । भिडियो सहित
प्रतिक्रिया