Logo

कतारले नेपालमा अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बनाइदिने र त्रिभुवन बिमानस्थललाइ स्तरोन्नति गरिदिने, !

 

नेपालका लागि कतारका राजदूत युसुफ बिन मोहम्मद अल हैलले सभामुख अग्निप्रसाद सापकोटासँग शिष्टाचार भेट गरेका छन्। सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा सोमबार भएको भेटमा राजदूत युुसुुफले सभामुख सापकोटालाई बधाई दिँदै सफल कार्यकालको शुुभकामना व्यक्त गरे।

सभामुख सापकोटाले ४२ बर्षदेखि नेपाल र कतारबीच मित्रवत सम्बन्ध रहेको स्मरण गर्दै यस्ता भेटले सम्बन्धथप सुुदृढ हुने विश्वास व्यक्त गरे। उनले भ्रमण बर्ष २०२० मा सहयोग गर्ने कतारको प्रतिबद्धताप्रति धन्यवाद पनि ज्ञापन गरे।

सभामुखले सन् २०२२ मा कतारले आयोजना गर्न लागेको विश्वकप फुुटबलको सफलताको शुभकामना व्यक्त गरे। उनले विश्वव्यापी रुपमा देखिएका जलवायु परिवर्तन लगायतका समस्या समाधनका लागि नेपाल र कतारले संयुक्त रुपमा पहलकदमी लिनुुपर्ने बताए।

भेटमा राजदूत युुसुफले सन् २०२२ मा कतारमा आयोजना हुने विश्वकप फुुटबलको तयारीमा कतारमा कार्यरत नेपाली श्रमिकले ठूलो योगदान गरिरहेको बताए। उनले नेपाली बिमानस्थलमा पार्किङको अभावका कारण कतार एयरलाइन्सले घाटा बेहोर्नुपरेको जानकारी गराउँदै यहाँको एयरपोर्ट सुधारमा सहयोगगर्न कतार तयार रहेको बताए।

राजदूत युसुफले नेपाल र कतारबीच भएको श्रम सम्झौतालाई आवश्यकता अनुसार अद्यावधिक गर्न कतार तत्पर रहेको बताए। उनले नेपालको स्वास्थ्य र शिक्षा क्षेत्रमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे। “हामीलेनेपालमा क्रिकेट रंगशाला निर्माणमा पनि सहयोग गर्न चाहेका छौं”, राजदूत युुसुुफले भने।

प्रतिक्रिया दिनुहोस्