Logo

चैत्र १ मा कमेडी च्याम्पियन’ को फाइनल !(हेर्नुहोस भिडियो )

पछिल्लो समय टिभीमा कमेडी सिरियलकै संख्या घट्दो रहेको अवस्थामा कमेडी रियालिटी शो ‘ कमेडी च्याम्पियन’ ले दर्शकको मन जितिरहेको छ । टेलिभिजनमा विदेशी फ्रेनचाइज शोहरुको बाहुल्यता भईरहदा स्वदेशमै रचना गरिएको शोले दर्शकको मन जित्दै आफुलाई ट्रेण्डिङमा समेत ल्याउन सफल भयो ।


कान्तिपुर टेलिभिजनबाट स्ट्यान्डप कमेडी (हास्य प्रधान) कार्यक्रम ‘कमेडी च्याम्पियन’ ले युट्युबमा पनि राम्रो दर्शक पाइरहेको छ । ‘३ प्रोडक्सन’ले

निर्माणमा बिशाल भण्डारीको निर्देशनमा तयार भइरहेको शोमा वरिष्ठ हास्यकलाकार सन्तोष पन्त, कमेडियन मनोज गजुरेल, अभिनेत्री ऋचा शर्मा र निर्देशक प्रदीप भट्टराई निर्णायक रहेकाछन् । शो यतिबेला टप ३ मा पुगेको छ । अर्थात् अब यसको फाइनल हुनेछ । विजेताले २५ लाख नगद र एउटा कार प्राप्त गर्नेछन् ।

शोको फाइनलमा सुमन कोइराला, खड्गबहादुर पुन र हिमेश पन्त पुगेका छन् । सुमन र खड्गबहादुर वाइल्ड कार्ड इन्ट्रीबाट सोमा पुनः प्रवेश गरेका प्रतिस्पर्धी हुन् , जसले फाइनलसम्मको यात्रा तय गरे । ति तिनैलाई चैत्र १ गते १२ बजेसम्म भोट गर्न सकिनेछ ।

फिनाले होटल सोल्टीमा हुने करिब निश्चित भएको ‘कमेडी च्याम्पियन’का निर्देशक विशाल भण्डारीले जानकारी दिए । ‘हल क्षमता ठूलो भएकाले हाम्रो रोजाई आर्मी अफिसर्स क्लब हो । तर यो क्लक निजी संस्था तथा कार्यक्रमलाई नदिने नियम बनाइएको रहेछ । तर पनि हामीले आग्रह गरेका छौं,’ निर्देशक भण्डारीले भने, ‘आजसम्म आर्मी अफिसर्स क्लबको निर्णय कुर्छौं, हुँदैन भनियो भने होटल सोल्टीमै गर्छौं ।’ग्रान्ड फिनाले आउँदो चैत्र १ गते हुनेछ । जहाँ हाँस्यविधाका वरिष्ठ कलाकार हरिवंश आचार्य र मदनकृष्ण श्रेष्ठ सहितको उपस्थिति रहने छ ।

प्रतिक्रिया दिनुहोस्