Logo

पेट दुख्यो भनेकी छोरीको उपचार गर्न नपाइ आफ्नै अगाडी बिते पछि, आमाले रुँदै छोरीलाई बोलाउन छोडिनन् !

भैरहवा मेडिकल कलेजको गेटमा नाराजुलुस भइरहेको छ । सयौंको संख्यामा उपस्थित सर्वसाधारणले अस्पताल प्रशासन विरुद्ध नारावाजी गरिरहेका छन् । रुपन्देहीको भैरहवास्थित युनिभर्सल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा एक बालिकाको उपचारका क्रममा निधन भएपछि यस्तो अवस्था आएको हो ।


उपचारका क्रममा चिकित्सकको लापरवाहीले बालिकाको निधन भएको भन्दै आफन्त विरोधमा उत्रिएका हुन् । कपिलवस्तु जिल्लाको वाणगंगा नगरपालिका वडा नम्बर २ बैजलपुरकी ८ वर्षीया सुविका थापालाई उपचारका लागि अस्पताल पुर्याएको थियो । तर अस्पतालमा रहेका नर्सहरुले चिकित्सकलाई बोलाइदिएनन् ।

पेट दुखेर अस्पताल लगिएकी बालिकाको उपचार नर्सहरु आफै गर्न थाले । ८ घण्टा सम्म नर्सहरुले चिकित्सक नबोलाएर आफै उपचार गरेका थिए । केही बेरमा डाक्टर आउनुहुन्छ भन्दै आफन्तलाई कुराएर राखे । बालिकालाई के रोग लागेको हो भन्ने पहिचान नै नगरी नर्सको भरमा उपचार गरेका कारण उनको निधन भयो ।

अस्पतालकै लापरवाहीका कारण बालिकाले ज्या न गुमाउनु परेको भन्दै आफन्त आ क्रोशित भएका हुन् । अस्पताल अगाडी यति ठूलो मास छ की यस्तो लाग्छ पुरै कपिलबस्तु उर्लिएको छ । दोशीलाई कारवाहीको माग गर्दै गरिएको आन्दोलनका कारण अस्पतालको सेवा पनि प्रभावित भएको छ ।

विरामी भएर आपतकालिन कक्षमा भर्ना गरिएको बालिकाले उपचार नै नपाई ज्यान गुमाउनु परेपछि अस्पतालको के काम ? आन्दोलनमा सहभागी आफन्तको भनाई छ । उनीहरुले लापरवाही गर्ने चिकित्सक, नर्सले घटनामा गल्ती भयो भनेर माफी माग्नुपर्ने र पीडितलाई क्षतिपुर्ती दिनुपर्ने माग राख्दै आन्दोलनमा उत्रिएका हुन् ।

अस्पतालकै लापरवाहीका कारण बालिकाले ज्या न गुमाउनु परेको भन्दै आफन्त आ क्रोशित भएका हुन् । अस्पताल अगाडी यति ठूलो मास छ की यस्तो लाग्छ पुरै कपिलबस्तु उर्लिएको छ । दोशीलाई कारवाहीको माग गर्दै गरिएको आन्दोलनका कारण अस्पतालको सेवा पनि प्रभावित भएको छ ।विरामी भएर आपतकालिन कक्षमा भर्ना गरिएको बालिकाले उपचार नै नपाई ज्यान गुमाउनु परेपछि अस्पतालको के काम ? आन्दोलनमा

प्रतिक्रिया दिनुहोस्