Logo

निखिलको गुनासो : रोहित सेट्ठी चेला हुन् भन्दा मलाई उडाइयो

नायक निखिल उप्रेती आफू चलचित्रको करिअर बलिउडबाट सुरु गरेको बताउँदै आएका छन् । नेपाली चलचित्रमा प्रवेश पूर्व नै उनले बलिउडमा सह-निर्देशकको रुपमा काम गरेको र केही चलचित्रमा अभिनय पनि गरेको बताउँछन् ।

केही समय अगाडि उनले एक अन्तरवार्तामा बलिउडमा आफ्नो धेरै साथीहरु भएको बोले । बलिउडका सफल निर्देशक रोहित सेट्ठी आफ्नो क्लासमेट भएको समेत उनले बताएका थिए । उनी त्यतीमै रोकिएनन् । थपे, ‘रोहित त मेरो चेला पनि हो । उसलाई म एक्सन सिकाउथे ।’

बलिउडमा एक्सन चलचित्र निर्देशकको रुपमा बलियो छवि बनाएका रोहितलाई निखिलले चेला भनेको कुरा धेरैले विश्वास गर्न सकेनन । त्यसैलाई निखिललाई उडाउन थाले । निखिलका धेरै ट्रोलहरु बने ।

आफूले भनेको कुरालाई ट्रोल गरिएको कुरामा निखिलले चित्त दुखाएका छन् । हालै एक शोमा उनले उक्त कुरा बोलेका हुन् । उनले भनेका छन्, ‘आखिर रोहित मेरो साथी र चेला नै हो । तर, हामी नेपालीलाई कहाँ त्यहाँसम्म बुझ्ने फुर्सद छ र !’

निखिल मन्द मन्द बुद्धि भएका कारण मान्छेहरुले आफूलाई ट्रोल गरेको बताउँछन् । उनले थपे, ‘आफ्नो पहुचले जहाँसम्म भ्याउँछ त्यहीँसम्म नै गर्ने हो । उहाँहरुले बलिउडसम्म पुगेर अध्ययन गर्न सक्नुभएन त्यसैले उडाउनु भयो ।’

कुरै नबुझि उडाउदा भने निखिलको मन दुखेको छ ।

प्रतिक्रिया दिनुहोस्