बैतडीकाे पाटन नगरपालिका राष्ट्रपति विद्यादेवी भण्डारीकाे स्वागतकाे लागि सार्वजनिक विदा दिने निर्णय गरेको छ । तीन दिने भ्रमणका लागि राष्ट्रपति भण्डारी आज (बुधबार) धनगढी जाँदै हुनुहुन्छ । राष्ट्रपति भण्डारीले आज मध्यान्ह १२ बजे साहित्य महोत्सवको उद्घाटन गर्नुहुने, दिउँसो २ बजे धनगढीमा रहेको शिवनगर खाने पानी आयोजनाको निरीक्षण गर्नुहुने कार्यक्रम रहेकाे छ । भाेलि १५ गते दार्चुला र बैतडी जाने कार्यक्रम रहेकाे छ । यसै अवसरमा पाटन नगरपालिकाले बिहीबार सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
नगर प्रवक्ता लोकबहादुर भण्डारीका अनुसार राष्ट्रपति भण्डारीको स्वागतमा नगरपालिकाले सार्वजनिक बिदा दिने निर्णय गरेको हो। राष्ट्रपति भण्डारीले बिहीवार बैतडीस्थित त्रिपुरासुन्दरी भगवती दर्शन गर्ने कार्यक्रम रहेको छ भने पाटनस्थित भीमदत्त पोलिटेक्निक इन्स्युच्युटको नवनिर्मित भवन र छात्रावास भवनको उदघाटन गर्ने कार्यक्रम रहेको छ। यस्तै, राष्ट्रपतिलाई बैतडीमा नागरिक अभिनन्दन र स्वागत गर्ने कार्यक्रम समेत तय गरिएको प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले बताए ।
प्रतिक्रिया