Logo

नेपालबाट दक्षिण कोरियामा कामदार पठाउन बन्द सबैको जानकारीको लागी सक्दो सेयर गरौँ !

दक्षिण कोरियामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण फैलिएपछि नेपालबाट कामदार पठाउन बन्द गरिएको छ। परिस्थिति सामान्य नभएसम्म कोरियामा कामदार नपठाइने श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वरराय यादवले जानकारी दिए।


‘तत्काललाई कोरियामा कामदार पठाउन स्थगित गरिएको छ’,उनले भने,‘परिस्थिति सामान्य भएपछि पठाइनेछ।’ अहिले कोरियामा कोरोना भाइरसको संक्रमण विस्तार भइरहेको छ।

मन्त्रालयले सरोकारवालासँग छलफल गरी तत्कालका लागि कामदार नपठाउने जनाएको हो। ईपीएस कोरिया शाखा र कोरियाको रोजगारदाता कम्पनीले समेत केही दिनअघिदेखि करार सम्झौता भइसकेका कामदारको टिकटको समय सार्दै आएका थिए। कोरियाको थेगु सहरमा कोरोना भाइरस भेटिएपछि नेपालले कामदार पठाउन रोकेको हो। थेगु दक्षिण कोरियाको उत्तरतर्फ पर्छ।

प्रतिक्रिया दिनुहोस्