रवि लामिछाने र ऋचा शर्माको हलमा रुवाबासी, सम्हाल्न गार्हो …..(भिडियो सहित)


कथित स्टार, आइटमसहित केही गीत र खर्चिलो क्लाइमेक्सले भरिएको फिल्म सुन र दर्शक कन्फ्युज गर्ने द्वैधअर्थी संवाद सुगन्ध मान्ने थुप्रै फिल्मकर्मी छन् नेपाली चलचित्र क्षेत्रमा । ती सबैका लागि गतिलो झापड हो– फिल्म ‘आमा’ । ‘पशुपति प्रसाद’ जस्तो उत्कृष्ट फिल्म दिएका दीपेन्द्र के खनालद्वारा निर्देशित फिल्मप्रति दर्शकको हाई एक्स्पेक्टेसन हुनु स्वाभाविक पनि हो । ‘आमा’ सो अपेक्षाभन्दा माथि छ भन्दा कसैको दुई मत नहोला ।

निजी अस्पतालमा उपचारको बहानामा घुमाएर लुट्ने प्रवृत्ति, बिरामीको आफन्तको बाध्यता र समाजबाट लोप हुँदै गएको मानवता जस्तो तीतो यथार्थ फिल्मले केलाउने प्रयास गरेको छ ।

परम्परागत फिल्म निर्माण शैलीलाई पूर्ण नकारेको छ फिल्मले । आइटमसहित तीन, चारवटा गीत, सबैभन्दा बलियो हिरो र उसलाई टर्चर दिने गुन्डा र प्रेममा परेका नायक नायिकाको उत्कृष्ट लोकेसनको रोमान्समा रमाउने दर्शकको अपेक्षा फिल्मले पूरा गर्न नसक्ला तर यस्ता दर्शकलाई पनि पूरै समय बाँधेर राख्ने क्षमतासहित आएको छ ‘आमा’ ।