Logo

नायिका प्रियंका कार्की र नायक आयुष्मान देशराज जोशी आज बैबाहिक जीवनमा बाँधिदैछन् ।

नायिका प्रियंका कार्की र नायक आयुष्मान देशराज जोशी आज बिहिबार बैबाहिक जीवनमा बाँधिदैछन् । आयुष्मान र प्रियंकाको बिहेको रौनकले उनीहरुको आफन्त, साथीसंगी र केही चलचित्रकर्मीलाई भने छपक्कै छोएको छ ।काठमाण्डौको एक होटलमा यी दुइको बिहेको रौनक चलिरहेको छ । मंगलबार प्रियंका र आयुष्मानले हातमा मेहेन्दी लगाए ।

मेहेन्दी समारोह प्रियंका, आयुष्मानको साथमा उनीहरुका आफन्त र केही चलचित्रकर्मी सहभागी थिए ।नायिका कार्कीले मेहेन्दीले आफ्नो हातमा आयुष्मानको नाम लेखाइन् ।आयुष्मानले पनि आफ्नो हातमा प्रियंकाको नाम लेखेका थिए । मेहेन्दी सेरेमोनीपछि उनीहरुको संगीत समारोह चलेको थियो । जहाँ, प्रियंका आफैले केही नेपाली र हिन्दी गीतमा नृत्य गरेकी थिइन् ।

मध्यरातसम्म चलेको सांगितिक कार्यक्रममा प्रियंकाकी आमादेखि, नायिका केकी अधिकारी, ऋचा शर्मा, रिमा विश्वकर्मा, वर्षा राउत, नायक संजोक कोइराला, आशिरमान देशराज श्रेष्ठ जोशी, पूर्व मिस नेपाल जेनिसा मोक्तान लगायतका थुप्रै कलाकार सहभागि थिए ।उनीहरुले प्रेम सम्बन्धमा रहेको ३ वर्षपछि र इन्गेजमेन्ट भएको दुई वर्षपछि विवाह गर्न लागेका हुन् ।विवाहको जानकारी दिन प्रियंका र आयुष्मान दुबैले छुट्टाछुट्टै ब्या’चलर पार्टी पनि मनाएका थिए ।

ब्या’चलर पार्टीको लागि प्रियंका आफ्ना केहि निकट साथीहरु लिएर थाईल्याण्ड उडेकी थिईन् भने प्रियंकाको पार्टी सकेको केहि दिनपछि आयुष्मान पनि आफ्ना भाई आशिरमान र केहि साथीहरुसहित पोखरा पुगेका थिए ।अहिले उनीहरुको विवाहका लागि काठमाडौंको एक रिसोर्ट तीन दिनका लागि बुकिङ गरिएको छ ।

विवाह सकिए पश्चात उनीहरुले शुक्रबार भव्य रि’सेप्सन पार्टीको समेत आ’योजना गर्ने बुझिएको छ ।प्रियंका र आयुष्मानले बिहेपश्चात शुक्रबार भव्य पार्टीको समेत आयोजना गरेका छन् । विगत केही बर्षदेखि प्रेम सम्बन्धमा रहेका उनीहरुले गतबर्ष नै इन्गेजमेन्ट गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्