Logo

शहीद पार्कमा रवीन्द्र अधिकारीको शालिक ( भिडियो हेर्नुहोस )


ताप्लेजुङमा भएको हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएका तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारीको शालिक अनावरण गरिएको छ ।पोखरा १८ जामुनबोटमा निर्माणाधिन शहीद पार्कमा अधिकारीको शालिक बनाइएको छ । पार्कको पूर्वी भागमा ठडिएको पूर्ण कदको रंगीन शालिकको गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ लगायतल अनावरण गरेका हुन् ।

सुर्खेतका कलाकार तिलवीर सुनार सेन्चुरीले ६ महिना लगाएर रवीन्द्रको शालिक बनाएका हुन् ।अधिकारीको एक वर्षअघि फागुन १५ गते हेलिकप्टर दुर्घटनामा निधन भएको थियो ।

प्रतिक्रिया दिनुहोस्