Logo

डिजेल र पेट्रोलमा कर वृद्धि प्रतिलिटर १० रूपैयाँ कर !

सरकारले पेट्रोलियम पदार्थमा प्रतिलिटर १० रूपैयाँ कर लगाउने भएको छ । यसअघि लिँदै आएको पूर्वाधारर विकास करमा कर बढाउँदै सरकारले प्रतिलिटर १० रुपैयाँ कर पुर्याएको छ । फागुन १२ गते बसेको मन्त्रिपरिषद् बैठकले पूर्वाधार विकास करको दरमा इन्धनमा प्रतिलिटर ५ रूपैयाँ बढाउने निर्णय गरेसँग करको दर १० रूपैयाँ पुग्ने भएको हो।

सरकारका प्रवक्ता तथा अर्थ, सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले बिहीबार नियमित पत्रकार सम्मेलनमा इन्धनको करको दरमा ५ रूपैयाँ थप गर्ने निर्णय गरेको जानकारी दिएका छन्। बूढीगण्डकी जलाशययुक्त जलविद्युत आयोजनाको लागि भन्दै कर वृद्धि गरिएको हो।यसले इन्धनको मूल्य बढ्ने देखिन्छ।

यसअघि प्रतिलिटर पाँच रुपैयाँ लिइने गरिएको थियो । सरकारले बुढीगण्डकी जलविद्युत आयोजना निर्माणका लागि भन्दै पेट्रोल र डिजेलमा पाँच रुपैयाँ पूर्वाधार विकास कर लिन थालेको थियो । तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०७३÷७४ को बजेटमा पूर्वाधार विकास कर दिने व्यवस्था मिलाएका थिए

प्रतिक्रिया दिनुहोस्