Logo

चतुर भुवन केसी ! मन परेपछि खोसेर लिए ‘पारस’ ?

नेपाली चलचित्र क्षेत्रमा अभिनेता तथा निर्माता भुवन केसीलाई चतुर भएको भन्ने गरिन्छ । उनी आफ्नो चर्चाको लागि जे पनि गर्न तयार हुन्छन् । उनी आफैँले भन्ने गरेका छन्, ‘बदनाम हुनु तर, गुमनाम नहुनु ।’

यो भनाई उनले आफू अभिनेता हुँदा प्रयोग गर्थे । अहिले उनी अभिनेता कम, निर्माता ज्यादा छन् । निर्माता बन्दै गर्दा उनको चतुरपन निकै देखिन्छ । चाहे त्यो स्पोन्सर खोज्ने विषयमा होस्, वा रिलिजको विषयमा होस् ।

अहिले भुवन केसीको नयाँ चतुरपन देखिएको छ । उनले आफूलाई मन परेको स्टोरी खोसेर लिएका छन् । प्रशंग हो, चलचित्र ‘पारस’को ।

चलचित्र पारस प्रदीप भारद्वाजले लेखेका हुन् । प्रदीपले आफ्नो स्कृप्ट निर्माता माधव वाग्लेलाई बेचे । माधव आफैँ निर्देशन तथा निर्माण गर्ने भन्दै तम्सिए । त्यसमा नायक रोजे, अनमोल केसी ।

अनमोलले स्टोरी मन पराए । अनमोलमा पुगेको कथा भुवनले नपढ्ने कुरै भएन । भुवनले पनि स्टोरट्ठी मन पराए । तर, माधव वाग्लेलाई विश्वास गरेर काम गरिहाल्ने अवस्था थिएन । त्यसैले स्विकार गरेनन ।

तर, भुवनको मन पारसको स्कृप्टमा परिरह्यो । त्यसैले उक्त स्टोरी आफ्नो कब्जामा लिन खोजे । त्यसको लागि भुवनले अनेक जुक्ति लगाए । तर, सकेनन् । अन्तिममा उनले अनमोललाई पनि चलचित्रमा खेलाउने र निर्देशन पनि माधवलाई नै गर्न दिने सर्तमा माधवसँग चलचित्रको स्कृप्ट लिए ।

अहिले चलचित्रको सम्पूर्ण निर्माण अधिकार भुवन केसीको ‘सुपर काजोल’लाई छ । चलचित्रको निर्माता पनि भुवन आफैँ हुन् ।

यसअघि भुवनले होम प्रोडक्सनबाट अनमोललाई हिरो लिएर ‘एन्टी हिरो’ बनाउने घोषणा गरेका थिए । तर, पारसको कथा एन्टी हिरोको भन्दा बलियो भएपछि भुवनले यहाँ पनी बाठो चाल चले । उनले एन्टी हिरोलाई पछाडि धकेलेर पारस निर्माण गर्न तम्सिएका छन् ।

यहाँबाट पनि पुष्टि हुन्छ कि, नेपाली चलचित्र क्षेत्रका चतुर भुवन आफूलाई मन परेको कुरा खोसेर पनि लिन तयार हुन्छन् ।

प्रतिक्रिया दिनुहोस्