Logo

लागू औषधसहित श्रीमान्–श्रीमती पक्राउ !

लागू औषधसहित श्रीमान् र श्रीमती मोरङमा पक्राउ परेका छन् । पक्राउ पर्नेमा पिचरा घर भएका २६ वर्षीय दिपेश श्रेष्ठ र उनकी श्रीमती २१ वर्षीय तृष्णा श्रेष्ठ रहेका छन् ।बिहीबार राति करिब साढे १२ बजे विराटनगर महानगरपालिका–११ स्थित बसपार्कबाट जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको मोबाइल टोलीले चेकजाँच

गर्ने क्रममा उनीहरुको साथबाट लुपिजेसिक, एभिल, डाईजोल्याप नामक २ सय ६० पिस लागू औषध र सिरिन्ज थान फेला परेको थियो । उनीहरुलाई नियन्त्रणमा लिई जिप्रका मोरङमा ल्याई थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।यता, बिहीबार नै मोरङको बुढीगंगा गाउँपालिका–६ स्थित कोयलपुर चोकमा कोयलपुर प्रहरी चौकीबाट खटिएको प्रहरी सहायक निरीक्षकको टोलीले चेकिङ गर्ने क्रममा दुई जनालाई लागूऔषधसहित २ जनालाई पक्राउ गरेको छ ।

को १४ प ८६७९ नम्बरको मोटरसाइकलमा सवार हरैचा नगरपालिका–११ बस्ने ३३ वर्षीय सुरेन्द्र राई र सोही मोटरसाइकलमा सवार सुनसरीको ईटहरी उपमहानगरपालिका–५ बस्ने २६ वर्षीय मनिष परियारको साथबाट एभिल १९ थान, फेरागन १९ थान, डाईजोल्याब २४ थान, लुपिजेसिक २४ थान फेलापरेको थियो । उनीहरुलाई मोटरसाइकलसहित नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्