Logo

भगवान शिवले किन लगाउँछन् बाघको छाला ? पढेर शेयर गर्नुहोला हुनेछ फलिफाप !

पौराणिक कथाअनुसार भगवान शिव एक पटक ब्रह्माण्डको भ्रमणका क्रममा एक जंगलमा पुगे । जहाँ ऋषि मुनिको बासस्थान थियो, ऋषिमुनि परिवारसँग बस्थे । यो जंगलमा भगवान शिव निर्वस्त्र घुम्थे । शिवजी यो कुराबारे जानकार थिएनन् कि उनले बस्त्र पहिरिएका छैनन् । भगवान शिवको आकर्षक शरीर देखेर ऋषिमुनिका पत्नीहरू भगवान शिवप्रति आकर्षित भए ।

https://www.youtube.com/watch?v=XA2yqbyR73E

सबै काम छोडेर ऋषि पत्नीहरू शिवजीको पछि लाग्न थालेपछि ऋषिहरू तनावमा परे र उनीहरू शिवसँग क्रोधित भए । तर उनीहरूले निवस्त्र हिँड्ने भगवान शिव हुन् भन्ने चिनेनन् ।

त्यसपछि ऋषिहरूले निर्वस्त्र व्यक्तिलाई सजाय दिने उपाय रचे । ऋषिहरूले वनमा एउटा ठूलो खाल्डो खनेर शिवजीका लागि पासो थापे । उक्त पासोमा शिवजी परे ।

https://www.youtube.com/watch?v=XA2yqbyR73E

त्यो गहिरो खाल्डोमा ऋषिहरूले एउटा बाघ पनि हालिदिए ताकि त्यसले ति नि,र्वस्त्र व्यक्ति(शिवजी)लाई खाओस् । तर त्यस्तो भएन । खाल्टोबाट ति निर्वस्त्र व्यक्ति बाघको छाला बेरेर निस्किए।बाघलाई मारेर शिवजीले छाला धारण गरे । त्यसपछि मात्र ऋषिहरूले ति समान्य व्यक्ति नभएको थाहा पाए।त्यसदिनदेखि भगवान शिवजीले बाघको छाला लगाउने वा त्यसमाथि बस्ने गरेको शिव पुराणमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्