Logo

बच्चा बोकेको नारी माथि लाठी चार्ज गर्ने इन्स्पेक्टरमाथि छानविन सुरु !

महानगरीय भैंसेपाटीका प्रहरी निरीक्षक देवीप्रसाद पौडेलमाथि प्रहरीले छानविन सुरु गरेको छ । नेपाली सेनाका अवकाश प्राप्त सहायक रथी हेम खत्रीको घर घेर्ने टोलीमा सहभागी हेमा श्रेष्ठलाई लाठी हानेसँगै इन्सपेक्टर पौडेलमाथि छानविन सुरु भएको हो ।

रथी हेम खत्री र माला शाह नामक महिलाबीच भएको विवादका क्रममा पौडेलले अर्की महिलालाई लाठीचार्ज गरेका छन् । बिहीबार दिउँसो एक महिला खत्रीसँग आफ्नो पुरानो सम्बन्ध रहेको तर उनले आफूलाई श्रीमती नस्वीकारेको भन्दै दलबल लिएर उनको घर गएकी थिइन्। ती महिला चार महिनादेखि यसरी नै खत्रीको घरअगाडि ‘धर्ना’ दिइरहेकी थिई । प्रहरीले महिलाहरूलाई त्यहाँबाट हटाउन खोज्दा नमानेपछि बल प्रयोग गरेको थियो । त्यही क्रममा इन्स्पेक्टर देवीप्रसाद पौडेलले पनि लाठी चलाए। उनको एकजना महिलालाई पछाडिबाट लाठीले हानेको भिडिओ अहिले सामाजिक सञ्जालमा आएको छ।

महिलालाई नियन्त्रणमा लिने क्रममा पुरुष प्रहरीले बल प्रयोग गर्नु गलत भएको भन्दै पौडेललाई कारबाही हुनु पर्ने प्रहरी उच्च अधिकृतहरुले बताएका छन् ।ललितपुर प्रहरी प्रमुख एसएसपी टेकप्रसाद राईले भने, ‘हामीले छानविन सुरु गरिसकेका छौं, दोषी देखिए कारबाही हुन्छ ।’

प्रतिक्रिया दिनुहोस्