सिदार्थ राजमार्ग अन्तर्गत पाल्पा–बुटबल सडक खण्डको सिद्धबाबामा माथिबाट खसेको ढुंगाले च्यापेर घाइते भएका गुल्मी रेसुङ्गा नगरपालिका- ८ का ४८ वर्षीय कांग्रेस नेता महेन्द्र प्रसाद श्रेष्ठ (बाबुकाजी)को निधन भएको छ ।
लु १६ प ४६८६ नम्बरको आफ्नै मोटरसाइकलमा फागुन १४ गते बुधबार गुल्मी देखि बुटवल जाँदै थिए । वर्षाका कारणले तिनाउँ गाउँपालिका- ३ सिद्धबाबामा ढुंगा खस्दा उनको शरीरमा गम्भीर चोट लागेको थियो । नेपाली कांग्रेस रेसुङ्गा नगरपालिका- ८ का सभापति समेत रहेका श्रेष्ठकाे शुक्रबार बिहान उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको हाे ।
नेपाली कांग्रेस रेसुङ्गा नगरपालिका- ८ का सभापति समेत रहेका श्रेष्ठकाे आज बिहान उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको कांग्रेस नेता महेन्द्र प्रसाद भण्डारीले बताए । उनको निधनले गुल्मी कांग्रेसमा अतुलनीय क्षति पुगेको बताइएकाे छ
प्रतिक्रिया