Logo

प्रहरी निरीक्षकले निर्ममतापुर्वक कुटेपछि भक्कानिदै मिडियामा हेमा श्रेष्ठ, निलडाम देखाउदै गुहारिन प्रशासन (हेरानुहोस भिडियो)


ललितपुरको भैंसेपाटीस्थित नेपाली सेनाका पूर्वजर्नेल हेम खत्रीको घरअगाडि बिहीबार दिउँसो केही महिला जम्मा भए।एक महिला खत्रीसँग आफ्नो पुरानो सम्बन्ध रहेको तर उनले आफूलाई श्रीमती नस्वीकारेको भन्दै दलबल लिएर उनको घर गएकी थिइन्। ती महिला चार महिनादेखि यसरी नै खत्रीको घरअगाडि ‘धर्ना’ दिइरहेकी छन्।

घरबाहिर महिलाहरू भेला भएको देखेपछि खत्रीले प्रहरीलाई खबर गरे। केहीबेर प्रहरी प्रभाग भैंसेपाटीका प्रहरी खत्रीको घरमा पुगे। घरअगाडि महिला भेला भएका थिए, नियन्त्रण गर्न पुरूष प्रहरी पनि गएका थिए।

प्रहरीले महिलाहरूलाई त्यहाँबाट हटाउन खोज्यो। नमानेपछि बल प्रयोग गर्‍यो।
त्यही क्रममा इन्स्पेक्टर देवीप्रसाद पौडेलले पनि लाठी चलाए। उनको एकजना महिलालाई पछाडिबाट लाठीले हानेको भिडिओ अहिले सामाजिकइन्स्पेक्टर पौडेलले काखमा बच्चा बोकेकी हेमा श्रेष्ठलाई प्रहरीको गाडीबाट धकेलेर पछाडिबाट लाठी हानेका छन्।

पछि प्रहरीले छ जना महिलालाई नियन्त्रणमा लियो।त्यहाँ पुगेपछि हामीले महिलाहरूलाई कानुनी प्रकृयामा अगाडि बढ्नुस् भनेका थियौं,’ पौडेलले सेतोपाटीसँग भने,’नमानेपछि क्लियर गरिदिएका हौं।’

बच्चा बोकेकी महिलामाथि किन लाठी हानेको त भन्ने प्रश्नमा उनले सामान्य बल प्रयोग गरेको बताए।’अब प्रहरीले सामान्य बल प्रयोग गर्नपर्ने अवस्था आएपछि गरिहाल्छ नि,’ उनले भने।मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ परिच्छेद २ मा कुनै महिलालाई पक्राउ गर्नुपरेमा यथासम्भव महिला प्रहरीद्वारा पक्रन लगाउनु पर्ने व्यवस्था गरिएको छ।

‘पक्राउ गर्नुपर्ने अवस्थामा तत्काल महिला प्रहरीले उपलब्ध नभएमा निजको इज्जत वा प्रतिष्ठामा आँच नआउने गरी महिलाको शारीरिक संवेदनशीलताको सम्मान गर्दै पुरूष प्रहरी कर्मचारीले पक्राउ गर्न बाधा पर्ने छैन,’ संहितामा भनिएको छ। बिहीबारको घटना हुँदा महिला प्रहरी घटनास्थलमै थिए। तर महिलालाई कुट्न इन्स्पेक्टर नै अघि लागे।

एसएसपी राईले भने महिलामाथि पुरूष प्रहरीले लाठी हानेको जानकारी आफूलाई नभएको बताए।

प्रतिक्रिया दिनुहोस्