Logo

देश बनाउन हिँडेको हो, धन कमाउने भए व्यापार गर्थें : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्व सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाको टेप प्र’करण न’क्कली भएको बताउनु भएको छ । बिहीबार बागमती प्रदेश स्तरीय कार्यकर्ता भेलामा बोल्नुहुँदै उहाँले टेप प्र’करणमा मन्त्रीको नाम आएकाले मात्र नैतिकताका आधारमा राजीनामा दिनु भएको स्पष्ट पार्नु भएको हो ।

कतै पनि उ’जुरी र मु’द्दा नलागे पनि विना प्रमाण पूर्वमन्त्री बाँस्कोटाले राजीनामा दिएको बताउनु हँदै प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘‘उहाँको नामसँगै मेरो विषय पनि आएको छ, कँही कतै उजुरी परे त्यो मात्र पत्रु उ’जुरी हुने हुनेछ।’’ प्रधानमन्त्री ओलीले पार्टी लाई ब’द्नाम गर्ने र नेतृत्वको च’रित्र ह’त्या गर्ने काम भइरहेको बताउँदै पार्टी, नेता र सरकारलाई ब’दनाम गर्ने काम शुरू भएको बताउनु भयो ।

नेकपाका अध्यक्ष पनि रहनुभएका प्रधानमन्त्री ओलीले आफ्नो नेतृत्वको सरकारमा काेही पनि भ्रष्ट नभएको स्पष्ट पार्नुहुँदै कोही कतै दो’षी ठहरिए का’र्वाही गर्ने बताउनु भयो। ‘म होल टाइमर भएर काम गरेको ५२ वर्ष भयो, प’ञ्चायत शासनको बेला जेलमा हुँदा एउटा कागजमा सही गरेको भए त्यतिबेलै मन्त्री बनिन्थ्यो, हत्कडी लगाएर बिरामी भएर कागजमा सही नगरेको धन कमाउन हो ?’

उहाँले विगतमा कसैसँग नझुकेको स्मरण गर्नुहुँदै भन्नु भयो, ‘मन्त्री बन्न र धन क’माउनको लागि राज’नीति गरेको नभएर आफू देश बनाउन हिँडेको हो, धन क’माउने भए व्यापार गर्थें ।’ उहाँले पहिलो पटक प्रधान मन्त्री भएको बेला विदेशी शक्तिसँग सम्झौता नगरेर राष्ट्रवादी भएर जनताको लोकप्रिय भएको बताउँदै भन्नुभयो, ‘अहिले दुई तिहाईको सरकारले देश बनाउन सकेनौं भने कस्ले बनाउँछ ?’

सोही कार्यक्रममा पूर्वप्रधान मन्त्री तथा अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय हित अनुकूल हुने गरी एमसीसी पास हुनसक्ने बताउनु भयो । उहाँले अमेरिकी सैन्य गठबन्धनसँग एमसीसीसँग सम्बन्धित हो कि भन्ने आशंका पार्टीको केन्द्रीय समितिको बैठक मा उठेकाले एक कार्यदल गठन गरी अध्ययन भइरहेको जानकारी दिनुभयो । कार्यक्रममा करिब २५ सय कार्यकर्ताहरुले भाग लिएको आयोजकले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्