जानी राख्नुहोस : हरियो खुर्सानीका यी फाइदा र खाना खादा कहिले नछुटाउनुहोस ! शेयर गर्नुहोला
क्यान्सरको खतरा कम :
सुर्तीजन्य पदार्थ सेवन गर्ने मानिसका लागि हरियो खुर्सानी एकदमै उपयोगी हुन्छ । आवश्यक मात्रामा खाँदा फोक्सोमा क्यान्सर हुने सम्भावनाकम रहन्छ । यसका साथै प्रोटेस्टको समस्यालाई समेत कम गर्छ ।
मुड फ्रेस :
हरियो खुर्सानीले ‘मूड बुस्टर’को पनि काम गर्छ । यसले मस्तिष्कमा एन्ड्रोफिनको सञ्चार गराउँछ, जसका कारण हाम्रो मूड ताजा र खुसी रहन मद्दत मिल्दछ ।
संक्रमणबाट बच्न :
हरियो खुर्सानीमा एन्टिब्याक्टेरियल गुण समावेश हुन्छन् । जसले संक्रमणबाट बचाउँछ । प्रायः महिलामा आइरनको कमी हुने हुन्छ । हरियो खुर्सानीबाट परिपुर्ति हुन्छ । हरियो खुर्सानीमा विभिन्न पोषक तत्व हुन्छन् । तिनले आँखाको दृष्टि तेज हुनुमा मद्धत गर्छ । हालै भएको एक सर्वेका अनुसार हरियो खुर्सानीले ब्लड शुगर कम गर्न मद्दत गर्दछ ।
डन्डिफोर हटाउन :
हरियो खुर्सानी छालाका लागि फाइदाजनक मानिन्छ ।अनुहारमा दाग धब्बा वा फोहोर जस्तो देखिन्छ भने यसलाई चिटिक्क पार्न पनि तपाईंले हरियो खुर्सानी खानाको साथमा मिलाएर खान सक्नुहुन्छ । यसबाहेक डन्डिफोरले अत्याधिक सताएको छ र नियमित ठिक्क मात्रामा पिरो खानुहुन्छ भने तपाईलाई ठिक गराउन धेरै सहयोग गर्छ । खुर्सानीमा हुने भिटामिन ई ले छालाका लागि आवश्यक तेल उत्पादन गर्न सहयोग पुर्याउँछ । खानासँग मात्रा मिलाएर खाँदा छालामा समेत चमक ल्याउँछ ।
प्रतिरक्षा प्रणाली मजबुत :
हरियो खुर्सानीमा पाइने पोटासियम,फ्लोभोनोइड्स,भिटामिन सीका कारण शरिरमा प्रतिरक्षा प्रणाली मजबुत बन्छ । तर,यसका लागि सीमित मात्रामा नियमित रुपमा खुर्सानी खानुपर्छ ।
रक्तसञ्चार बढाउँछ :
प्रत्येक व्यक्तिको रक्तसञ्चार फरक फरक गतिमा हुन्छ । रगतले सम्पुर्ण शरिरमा पोषक तत्व, अक्सिजन, हर्मोन, गर्मी, इलेक्ट्रोलाइट्स आदि पुर्याउने गर्छ । हरियो खुर्सानी खाँदा रक्तसञ्चारलाई तीव्र बनाउन मद्धत गर्छ । आईरनको कमी पनि पूर्ति गर्छ । छालासँग सम्बन्धित संक्रमण रोक्न मद्धत गर्छ ।