Logo

कसले हाल्यो अनमोललाई ठगीको मुद्दा ?

नायक अनमोल केसीलाई ठगीको मुद्दा परेको छ । महानगरिय प्रहरी परिसर टेकुमा अनमोल बिरुद्द ठगीको मुद्दा दर्ता भएको छ ।

अनमोललाई ठगीको मुद्दा निर्माताद्वय जयन श्रेष्ठ र रुपेन्द्र खड्गीले हालेका हुन् । आफ्नो चलचित्रमा काम गर्ने भनेर लिएको पैसा पछि चलचित्र छोडेपछि पनि फिर्ता नगरेको भन्दै अनमोललाई मुद्दा हालेका हुन् ।

अनमोलले जयन र रुपेन्द्रले निर्माण गर्न लागेको चलचित्र ‘धुपौरे’मा काम गर्ने लिखित सम्झौता भएको थियो । ४० लाख रुपैँया पारिश्रमिक लिने सहमतिमा अनमोल चलचित्र साइन गरेका थिए । साइन गर्दा नै अनमोलले ५ लाख रुपैँया लिइसकेका थिए ।

पछि अनमोलले चलचित्रको स्कृप्ट चित्त नबुझेको भन्दै चलचित्रबाट हात झिके । तर, पैसा फिर्ता गरेनन । चलचित्रबाट हात झिकेर पनि आफूले दिएको पैसा फिर्ता नपाएपछि जयन र रुपेन्द्रले अनमोललाई मुद्दा हालेका हुन् ।

निर्माताद्वयले अनमोलले आफूलाई ३० लाख घाटा लगाइदिएको समेत आरोप लगाएका छन् । प्राविधिकहरुलाई पनि अनमोलले पैसा दिनु भनेपछि सम्पूर्ण प्राविधिकहरुले केही पारिश्रमिक लिइसकेको उनको अरोप छ । अनमोल आफैंले जिम र अभिनय सिक्ने भन्दै थप २ लाख ५० हजार पनि लिएको निर्माताहरु बताउँछन् ।

अनमोलले आफूले बेहोर्नु परेको सम्पूर्ण घाटाको क्षतिपूर्ति दिनुपर्ने निर्माताहरुको माग रहेको छ । प्रहरीले भने दुई पक्षलाई बोलाएर सहमति गराउने पक्षमा छ । यदि अनमोल प्रहरी समक्ष उपस्थित नभएर कारबाहीको प्रकृया सुरु गर्ने प्रहरीको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्