Logo

ओली राजमा सबै छोटे राजा : बाबुराम भट्टराई (हेर्नुहोस भिडियो)

प्रहरीले काखमा बच्चा बोकेकी हेमा श्रेष्ठमाथी लाठी चलाएको प्रति पुर्व प्रधानमन्त्री तथा समाजवादी पार्टीका संघिय परिषद अध्यक्ष डा बाबुराम भट्टराईले आपत्ति जनाएका छन् । उक्त घटना अहिले सामाजिक सञ्जाल फेसबुट, ट्वीटर लगाएतकोमा प्रहरीको उक्त कार्यको सबत्र बिरोध भईरहेको छ भने प्रहरीले पनि उक्त घटनाको अनुसन्धान गर्ने बताएको छ । बिहिबार ललितपुरको भैंसेपाटीस्थित नेपाली सेनाका पुर्वजर्नेल हेम खत्रिको घरअगाडी केहि महिला जम्मा भएका थिए ।

एक महिलाले खत्रिसंग आफ्नो सम्बन्ध रहेको तर उनले आफुलाई श्रीमती नस्वीकारेको भन्दै अन्य महिलाको साथमा त्यँहा गएकी थिइन् । आफ्नो घर बाहिर महिलाहरु भेला भएको दखेपछी खत्रिले प्रहरीलाई अबर गरेको र केहि समयमा प्रहरी प्रभाग भैंसेपाटीका प्रहरी खत्रिको घरमा पुगेको थियो । भेला भएकालाई नियन्त्रण गर्न पुरुष प्रहरी गएको बताइएको छ ।

प्रहरीले त्यहाँबाट महिलाहरुलाई हटाउन खोजेको र उनिहरुले नमानेपछी बल प्रयोग गरेको बताएको छ । त्यहि क्रममा इन्सपेक्टर देवीप्रसाद पौडेलले पनि लाठी चलाएका थिए । उनले एक बच्चा बोकेकी महिला हेमा श्रेष्ठमाथी लाठी चलाएको भिडियो अहिले सामाजिक सञ्जालमा भाईरल भएको छ । उक्त घटनाप्रति डा भट्टराई भावुक हुँदै घटनाको निन्दा गरेका छन् । उनले आफ्नो ट्वीटमा यस्तो लेखेका छन्ः

“मान्छेले बर्दी लगाउँदैमा यति अमानवीय कसरी बन्न सक्छ आमाले गल्ती गरिहोलिन्, तर त्यो अबोध शिशुको के गल्ती थियो र त्यो शिशु आमाको हातबाट खसेर टाउकोमा चोट लागेको भएरु गिरफ्तार गर्नै परे समातेर भ्यानमा हाल्न सकिन्नथ्यो ओलीराजमा सबै छोटे राजा No, No! This is not pardonable!”

प्रतिक्रिया दिनुहोस्