खुर्सानीले रोक्न सक्छ फोक्सोको क्यान्सर, आफू पनि जानौं र शेयर गरि अरुलाई नि जानकारी गराऊ


ज्यादा अमिलो, पिरो, चिल्लो खाना स्वास्थ्यका लागि राम्रो हुदैन तर नियमित केही मात्रामा खुर्सानी सेवनका भने अनेक फाइदा गर्ने गर्छ । खुर्सानीले खानाको स्वाद मात्र बढाउँदैन, शरीरको वजन घटाउनेदेखि मुटुमम्बन्धी रोग र पिनासमा यो लाभदायक रहेकाे छ । हरियो खुर्सानीले पुरुषमा प्रोस्टेट क्यान्सरको खतरा घटाउने गर्दछ । खुर्सानीमा एन्टी–अक्सिडेन्ट भरपूर पाइन्छ, जुन स्वास्थ्यका लागि ज्यादै लाभदायक रहने गर्छ र रक्तसञ्चारमा पनि खुर्सानीले मद्दत गर्ने गर्छ । हालै भएकाे एक अध्ययनले त खुर्सानीको महत्व अझ भारी देखाएको छ ।

हालै ‘एक्सपेरिमेन्टल बायोलोजी’ मा प्रकाशित अध्ययन रिपोर्टले खुर्सानीले फोक्सोको क्यान्सर फैलनबाट रोक्ने दाबी समेत गरेको छ । रिपोर्टअनुसार, खुर्सानीमा पाइने ‘क्याप्साइसिन’ले फोक्सोको क्यान्सर रोकथाममा मद्दत गर्छ र बढ्दो प्रदूषण, धुम्रपान तथा अव्यवस्थित जीवनशैलीका कारण महिला तथा पुरुष दुवैमा फोक्सोको समस्या बढ्दै गएका वेला यो अध्ययनलाई ठूलो उपलब्धिको रुपमा मानिएकाे छ ।

सुगर नियन्त्रण गर्न हरियो खुर्सानी

खानाको स्वाद बढाउन हरियो खुर्सानी प्रयोग गर्ने गरिन्छ । भिटामिन ए, बी–६, आइरन, पोटासियम, प्रोटिन र कार्बोहाइड्रेड प्रशस्त मात्रामा पाइने हरियो खुर्सानी अब स्वादको लागि मात्र नभई स्वास्थ्यका लागि पनि महत्वपूर्ण गुणले भरिपूर्ण रहेको एक अनुसन्धानले देखाएको छ ।

स्वास्थ्यसम्बन्धी अनेक समस्या समाधानमा भूमिका खेल्ने हरियो खुर्सानीले डाइबेटिजबाट पीडित मानिसलाई अहम् लाभ पुऱ्याउने अनुसन्धानकर्ताहरूले दाबी गरेका छन् । शरीरमा बढेको सुगर लेभल कम गरी सन्तुलनमा राख्न हरियो खुर्सानीले रामबाणको काम गर्ने अनुसन्धानबाट सिद्ध भएको छ । यति मात्र नभई पाचनतन्त्र सबल तुल्याउन, अनावश्यक फ्याट कम गर्न र छालालाई चमकदार तुल्याउन पनि हरियो खुर्सानीको सेवनले महत्वपूर्ण काम गर्ने विज्ञहरूको दाबी छ ।

नोट: “माथि उल्लेखित स्वास्थ्य सम्बन्धि जानकारी विभिन्न अनलाइन तथा पत्र-पत्रिकाहरुबाट साभार गरिएको हो। यी बिषयवस्तुहरु केवल जानकारीको लागी मात्र यहाँहरु समक्ष प्रस्तुत गरेका हौँ। कुनै पनि स्वास्थ्य सम्बन्धि टिप्सहरु प्रयोग गर्नु भन्दा पहिला अनिवार्य रुपमा चिकित्सकको सल्लाह लिनुहोला।”