४ तोला दिएर टिकाटालो गरिएको दुलाहा राजधानीको बानेस्वरमा आयोजित विवाह समारोहमा जन्ती नआएपछि ! उनको घर पुग्दा सबैको होस् उड्यो….


राजधानीमा आयोजित एउटा विवाहमा दुलाहा नआएपछि हल्लीखल्ली मच्चिएको छ । काठमाडौँको बानेश्वरमा आयोजित उक्त विवाह समारोहमा १२ बजे आउने भनिएको जन्ती नै नआएपछि केटी पक्षले प्रहरीलाई उजुरी गरेको थियो । आफूलाई इञ्जिनियर बताउने आश्रेय बस्नेतले आफ्नो घर सिनामंगल भएको र आफू डाक्टरको छोरा भएको बताएका थिए । १५ दिनअघि उनीहरुको टिकाटालो पनि भएको थियो । टिकाटालोमा केटी पक्षले केटापक्षलाई चार तोला सुनको गहना पनि दिएको थियो ।

प्रहरीलाई उजुरी गरेपछि प्रहरी वस्नेत बस्ने भनिएको घर पुग्दा उनी डेरमा बस्ने रहेछन्, कोठामा पनि ताला लागेको थियो । केटापक्षले हजुरआमा भनेर चिनाएकी मान्छे पनि फेला परिनन् । कार्डमा दिइएको केटाको बाबु–आमाको नाम पनि फेला परेन । केटाको वास्तविक नाम पनि साहिल बस्नेत रहेको खुल्यो । काठमाडौँमा नभेटिएका साहिल अन्ततः पोखरा विमानस्थलमा भेटिए । उनको साथबाट स्रोत नखुलेको चार हजार अमेरिकी डलर पनि फेला परेको छ ।

काठमाडौँ प्रहरी परिसरका डिएसपी होविन्द्र बोगटीका अनुसार आफूलाई इन्जिनियर भने पनि बस्नेतको दाबी पुष्टि गर्ने आधार देखिएको छैन । उनलाई आपराधिक विश्वासघात ठगी मुद्दा चलाउने तयारी भइरहेको छ । प्रहरीका अनुसार करिब १५ दिन अघि पनि यस्तै उजुरी आएको थियो । फरार रहेका ती दुलहा अझै फेला परेका छैनन् । आजको कान्तिपुर दैनिकले खबर छापेको छ।

यो पनि हेर्नुहोस्ः दुई छोराछोरी छाडेर अर्को विवाह गर्न खोजेपछि बिहे रोक्न माग….टीकापुर नगरपालिका वडा नं १ गणेशपुर बस्ने एक महिलाले दुई छोराछोरी छाडेर अर्को विवाह गर्ने तयारी गरेको भन्दै आफन्तले गुहार मागेका छन् । तेह्र वर्षीया छोरी र १० वर्षका छोरालाई छाडेर मीना चौधरीले कञ्चनपुरको बेलौरी नगरपालिका वडा नं ७ बस्ने छङ्गा रानासँग विवाह गर्ने तयारीका साथ विवाह कार्डसमेत छपाए पछि आफूहरुलाई थाहा भएको पहिलेका श्रीमानकी फूपू पर्ने राजकुमारी डगौराले बताउनुभयो ।

उहाँले दुई छोराछोरीलाई अलपत्र पारी अर्को विवाह गर्न लागेको भन्दै विवाह रोकि दिनका लागि इलाका प्रहरी कार्यालय टीकापुरमा जाहेरी दिँदा प्रहरीले जाहेरी लिन नमानेको बताउनुभयो । पहिलेका श्रीमान्सँग सम्बन्ध विच्छेद गरी प्रक्रिया अनुसार अर्को विवाह गर्नु स्वभाविक भए पनि यही अवस्थामा विवाह रोकिदिन सम्बन्धित निकायलाई आग्रह गरिएको छ ।

जानकी गाउँपालिका वडा नं ५ पथरैया माइत भएकी मीनाले श्रीमान् बुधराम चौधरीको नामबाट नेपाली नागरिकता लिएको फूपू डगौराले बताउनुभयो । यस विषयमा इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख मनोहरप्रसाद भट्टले उमेर पुगेको महिलाले विवाहित भए पनि अविवाहित केटासँग दुवैको इच्छाअनुसार विवाह गर्नका लागि कुनै पनि कानूनले रोक नलगाएको बताउनुभयो । उहाँले कानूनी प्रक्रियाका लागि प्रशासनमार्फत जानुपर्ने बताउनुभयो ।