पुरा पढ्नुहोस : दुख,कष्ट,बाधा,अड्चन लगायत अरू धेरै समस्याबाट मुक्त हुन चहानु हुन्छ भने यसो गर्नुहोस !
१.
यदि तपाईको कुनै पनि कार्य पूर्ण हुने नसकेको अवस्थामा तामाको भाँडोमा पनि भरेर राती आफू सुत्ने स्थानमा राख्नुहोस र विहान उठेर सात पटक शिरदेखि चोख्याउने गर्दा तपाईका हरेक बाधा अड्चन हट्ने र बन्न नसकेका कामहरु पूर्ण हुँदै जाने गर्छ।
२.
कडा मेहेनत र परिश्रमको बावजुद पनि कुनै कार्य सफल नहुने र धन संचित गर्न नसकेको स्थितिमा नियमित रुपमा गाईको पूजा गर्ने गर्नुपर्छ।
गाईलाई लक्ष्मी मानिने भएकाले विधिवत रुपमा पूजा गर्ने र विभिन्न परिकारहरु खुवाउने गर्दा लक्ष्मी माता प्रसन्न भई कृपा गर्ने हुँदा जीवनमा प्रशस्त धन आर्जन गर्न सकिन्छ।
३.
यदि मंगलबारको दिन पारेर मन्दिर गई ७ पटक हनुमान चालिस पढ्ने र ६ वटा नरिवल भगवान सामु चढाउने र प्रसाद स्वरुप सबैलाई बाँडी आफू पनि खाने गर्दा भाग्य खुल्ने र जीवनमा ठूलो सफलता हँसिल गर्न सकिने मान्यता रहेको छ।
४.
आफ्नो इष्ट देवताको पूजा नियमित रुपमा गर्ने गर्नुपर्छ। यसबाट भगवानको कृपा मिल्ने र आफूले सोचेका कामहरु सजिलै पूर्ण हुने कुरा शास्त्रमा उल्लेख गरिएको छ।
५.
विहान छिटै उठेर सूर्य देवतालाई तामाको भाँडोको जल अर्पण गर्दा पनि तपाईका सम्पूर्ण दुख कष्ट नाश हुने र जीवन सहज रुपमा निर्वाह गर्न सकिने मान्यता रहेको छ।