Logo

हेर्नुहोस। नेपाल-भारत सिमानामा युवाहरुले लगाए काँडेतार, सम्मान स्वरूप शेयर गरौ !

हेम थापा माया थापा फांउन्डेशन लगायत नेपाली देश भक्ति युवाहरुले नेपाल र भारतको सिमानामा काडेतार लगाएको छ । मिसन नेपालका अध्यक्ष कृष्ण प्रसाद शर्मा , महासचिव जेरी ताम्राकार , युवा संयोजक युवराज तिमील्सिना लगायत सहभागि भएर महोत्तरी को सिम्सा नाकामा जाली तार लगाएका हुन् ।

त्यसैगरी १०० ग्रुपका प्रमुख बिमल पन्त, बव्लु गुप्ता नेपाली, समाजसेवी दुर्गा दाहाल, इशारा लामा लगायतको बाक्लो उपस्थिति रहेको थियो । महोत्तरी को सिम्सा नाकामा गएर युवाहरुले आज नेपाली झण्डा गाड्ने देखी काडे तार हाल्ने सम्मका प्रयासहरु सफलताकासाथ सम्पन्न गरेको छ ।

नेपाली भूमी लिपुलेक र कालापानी भारतले आफ्नो नक्सामा समावेश गरेसंगै बिबाद चर्किएको छ । नेपाली भुमि कुनैपनि हालतमा भारतले मास्न पाउदैन् भन्दै यसको विरोध स्वरुप आज युवाहरुले नेपाल(भारत सिमामै गएर दबाब सृजना गर्न सफल भएका छन् ।

प्रतिक्रिया दिनुहोस्