Logo

बुधबार प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण हुदै !

बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपण गरिने भएको छ । त्रिवि शिक्षण अस्पतालमा नै प्रत्यारोपण हुनेछ । यसका लागि उनी भोलि नै अस्पताल भर्ना हुनेछन् । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को आइतबार बसेको सचिवालय बैठकमा प्रधानमन्त्री एवं नेकपा अध्यक्ष ओलीले आफ्नो उपचार योजनाबारे जानकारी गराएका थिए ।

प्रधानमन्त्री ओलीले यो दोस्रो मिर्गौला प्रत्यारोपण हुनेछ । प्रधानमन्त्री ओलीको २०६३ मा भारतको अपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गरिएको थियो । त्यसयता उनले निरन्तर औषधि खाइरहेका छन् । सन् २०१३ मा ‘मेनिन्जाइटिस’ भयो । शिक्षण अस्पताल महाराजगञ्जमा पुगेका उनलाई ग्राण्डीमा रिफर भएपनि उपचार सम्भव भएपछि बैंकक गलिएको थियो । त्यहाँ महिना दिनभन्दा लामो उपचारका क्रममा ढाडबाट पानी झिक्नुपर्ने अवस्था थियो ।

प्रतिक्रिया दिनुहोस्