Logo

चलचित्र सुपरहिट भएर रंगशाला बन्ने भएपछी धुर्मुसले गरे अर्को चलचित्र बनाउने घोषणा (भिडियो सहित)

चलचित्र ‘सेन्टी भाइरस’ दोस्रो हप्तामा प्रवेश गरेको छ । गत शुक्रबार (फागुन ९) बाट प्रदर्शनमा आएको रामबाबु गुरुङ निर्देशित चलचित्र सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली)को अग्रसरतामा निर्माण भएको हो ।

चलचित्रलाई दर्शकले मन पराइदिनु भएको सिताराम बताउँछन् । “दर्शकले चलचित्र मन पराइदिनु भएको छ । दर्शकले मन पराइदिएकै कारण चलचित्र दोस्रो सातामा आइपुगेको हो,” उनी भन्छन्, “अझै पनि देशभरका कति हलमा चलचित्र हाउसफुल छ ।”

साथै आज उनले चलचित्रले गरेको व्यापार सार्वजनिक गर्दै नया चलचित्र बनाउने घोषणा समेत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्