Logo

बिरामीको मृत्यु भएपछि निजामती कर्मचारी अस्पतालमा प्रदर्शन !

काठमाडौं नयाँ वानेश्वरको निजामति कर्मचारी अस्पतालमा डाक्टरको लापरबाहीले विरामीको मृत्यु भएको भन्दै आफन्तले विरोध प्रदर्शन गरेका छन् ।आइतबार विहान ११ बजे आफैं उपचारका लागि आएका सिन्धुपाल्चोकको अर्जुन खड्काको उपचारको क्रममा मृत्यु भएपछि आफन्तले प्रदर्शन गरेका हुन् ।

डाक्टरको लापरबाहीले मृत्यु भएकाले उपचार गर्ने डाक्टरलाई कारबाही र लाइसेन्स खारेज गर्नुपर्ने मृतकका ज्वाइँ देवेन्द्र खड्काले बताए । उनका अनुसार आफैं हिँडेर उपचार गर्न आएका अर्जुनको अस्पतालमा इसीजी गरिएको थियो ।

त्यसको रिपोर्ट २ घण्टापछि आउँछ भनिएकोमा रिपोर्ट आउनुअघि नै विरामीको मृत्यु भएको हो । अहिले आफन्तले अस्पताल प्रशासनसँग छलफल गरिरहेको छ । भित्र वार्ता चलिरहेका बेला मृतकका आफन्तले अस्पतालबाहिर प्रदर्शन गरेका छन् ।आकस्मिक कक्षमा अनुभवी डाक्टर नराखेका कारण मृत्यु भएको आफन्तको आरोप छ ।

प्रतिक्रिया दिनुहोस्