Logo

नेकपाका कार्यकर्ताले नै गरे अध्यक्ष प्रचण्डमाथि जुत्ता प्र’हार !

जुत्ता प्र”हार गर्ने व्यक्तिलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ। कार्यक्रममा प्रचण्ड प्रमुख अतिथीका रुपमा उपस्थित थिए । उनीसँग मञ्ममा राप्रपा संयुक्तका अध्यक्ष प्रकाश चन्द्र लोहनी पनि थिए ।लोहनीले बोलिसकेपछि प्रचण्डले बोले उनी बोली सकेर आशनमा फर्किन लाग्दा अगाडी रहेको एक व्यक्तिले उनलाई ताकेर जुत्रा हानेका हुन् ।

कार्यक्रममा नेकपाका अन्य नेता साथै अन्य पार्टीका नेतालाई पनि निम्त्याइएको भए पनि प्रचण्ड र लोहनी मात्रै उपस्थित थिए । जुत्ता प्र’हा’र गर्ने नेकपा समर्थित कार्यकर्ता रतन चिरुवा भएको बताइएको छ । उनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

जुत्ता किन र कस्ले प्रहार गरेको हो भन्ने बारेमा खुल्न सकेको छैन । अध्यक्ष प्रचण्डको हरेक कार्यक्रम फेसबुकमार्फत लाइभ गर्दै आएको कमरेड प्रचण्ड नामक फेसबुक आइडीबाट गरिएको प्रत्यक्ष फेसबुक लाइभमा पनि प्रचण्डमाथि जुत्ता प्रहार गरिएको प्रत्यक्ष देख्न सकिन्छ । तर सम्बोधन सकिनु र जुत्ता प्रहार एकैपटक भएपछि फेसबुक लाइभ बन्द गरिएको थियो ।

यद्धपि फेसबुक लाइभमा प्रचण्डको सुरक्षामा खटिएका सुरक्षाकर्मीहरु जुत्ता प्रहार पछि जुत्ता फ्यालिएको दर्शकदीर्घा तिर दौडिएका थिए

प्रतिक्रिया दिनुहोस्