Logo

माओवादी जनयुद्धकालमा मारिएका थिए प्रचण्डलाई जुत्ता हान्ने रतनका बुवा !

नेकपा अध्यक्ष प्रचण्डमाथि जुत्ता प्रहार गर्ने व्यक्तिको परिचय खुलेको छ ।जुत्ता प्रहार गर्ने व्यक्ति रतन तिरुवा रहेका र उनी जुम्लाको सिँजा गाउँपालिकाको भएको तथ्य खुलेको छ । प्रहरीका अनुसार तिरुवा जुम्ला सिन्जा गाउँपालिका-२ का बासिन्दा हुन् ।

पूर्व माओवादी कार्यकर्तासमेत रहेका उनले नेकपाका दिवंगत नेता भरत मोहन अधिकारीको स्मृतिमा आयोजित सभामा आइतवार अध्यक्ष प्रचण्डमाथि जुत्ता प्रहार गरेका थिए ।सभालाई सम्बोधन गरेर फर्किने क्रममा प्रचण्डमाथि जुत्ता प्रहार भएको हो । तर, जुत्ता भने प्रचण्डसम्म पुग्न पाएन ।

राष्ट्रिय सभागृहको दर्शक दीर्घामा रोस्टमपट्टीको घेरामा बसेका उनले प्रचण्डमाथि जुत्ता प्रहार गरेका थिए । जुत्ता प्रहार गरेसँगै उनलाई प्रहरीले नियन्त्रणम लिएको छ ।रतनका बुबा मुन तिरुवा माओवादी जनयुद्धकालमा मारिएका थिए । उनी २०५५/ ५६ सालमा मारिएका थिए । उनको परिवारमा नै माओवादीमा लागेको थियो ।

रतनलाई सिंहदरवार प्रहरीले पक्राउ गरी अनुसन्धान गरिरहेको महानगरीय प्रहरी कार्यालय रानीपोखारीका प्रवक्ता एसएसपी श्याम प्रसाद ज्ञवालीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्