Logo

जुत्ता प्रहार भएको भिडियो प्रचण्डको फेसबुकबाट हटाइयो !

आफूमाथि कार्यकर्ताले जुत्ता प्रहार गरेपछि नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सामाजिक सञ्जालमा राखिएको भिडियो हटाइएको छ ।‘कमरेड प्रचण्ड’ नामक अध्यक्ष प्रचण्डको आधिकारीक फेसबुक पेजबाट आइतवार राष्ट्रिय सभागृहमा नेकपाका दिवंगत नेता भरत मोहन अधिकारीको स्मृतिमा आयोजना गरिएको कार्यक्रमको लाइभ गरिएको थियो ।

प्रचण्डले गर्ने अधिकांश जसो भाषण उक्त पेजबाट सचिवालयले लाइभ गर्दै आएको छ ।

आइतबारको भाषण पनि पेजबाट लाइभ गरिएको थियो । तर प्रचण्डले भाषण सक्नासाथ कार्यक्रममा सहभागी जुम्ला सिन्जा गाउँपालिका–२ का रतन तिरुवाले प्रचण्डमाथि जुत्ता प्रहार गरेका थिए ।अध्यक्ष प्रचण्डमाथि जुत्ता प्रहार भएको भिडियो उनकै पेजमा देखिएको र त्यसबाट धेरैले समाचार बनाउने र भिडियो सामाजिक सञ्जालमा राख्ने काम गरेपछि प्रचण्डको फेसबुकबाट उक्त भिडियो हटाइएको हो ।

प्रतिक्रिया दिनुहोस्