यु द्धलाई शान्तिमा परिणत गर्दै शान्ति प्रक्रियामार्फत माओवादी खुला राजनीतिमा आयो । नेकपा माओवादी शान्ति प्रक्रियाबाट खुला राजनीतिमा आएसँगै प्रचण्डले एकीकृत माओवादी, माओवादी केन्द्र हुँदै अहिले नेकपाको नेतृत्व लिइरहेका छन् । तर, माओवादी यु द्ध कालको घटनालाई सम्झिएर आफ्नै कार्यकर्ताले प्रचण्डमाथि हात उठाउन थालेका छन् ।
यु द्धमा देखाइएको सपना पूरा नभएपछि आफ्नै कार्यकर्ताबाट प्रचण्ड जोगिएर हिँड्नु पर्ने अवस्था सृजना भएको स्वयम् कार्यकर्ताहरु बताउने गर्छन् । आइतबार राष्ट्रियसभा गृहमा आयोजित पूर्वमन्त्री तथा नेकपा नेता स्वर्गीय भरतमोहन अधिकारी स्मृतिसभामा प्रचण्डमाथि आफ्नै कार्यकर्ताले जु त्ता प्र हा र गरेका छन् ।
सभालाई सम्बोधन गरेर फर्कने क्रममा जुम्लाका रतन तिरुवाले प्रचण्डलाई लक्षित गरेर जुत्ता प्रहार गरेका हुन् । तर, दर्शकदीर्घाबाट उनले प्रहार गरेको जुत्ता मञ्चमा पुगेन । उनी हाल प्रहरी नियन्त्रणमा छन् । के कति कारणले उनले प्रचण्डमाथि जुत्ता प्रहार गरेको हो खुलेको छैन । तर, उनका बुवा माओवादी यु द्धकालमा राज्य पक्षबाट मा रि एको खुलेको छ ।
प्रचण्डमाथि आ क्र मण भएको यो पहिलोपटक भने होइन । यसअघि २०६९ सालमा भृकुटीमण्डपमा भएको कार्यक्रममा प्रचण्डमाथि पदम कुँवर नाम गरेका युवकले गालामा थप्पड हा ने का थिए । तत्कालीन एकीकृत मा ओवादी नेतृत्वमा रहेको २२ दलीय मोर्चाले दसैं, तिहार र छठ लगायतका पर्वको अवसरमा आयोजना गरिएको चियापान कार्यक्रममा कुँवरले प्रचण्डको गा ला मा थ प्पड हा ने का थिए ।
चियापानमा सर्वसाधारणको लाइनमा उभिएर प्रचण्डसँग मञ्चमा हात मिलाउन पुगेका बेला कुँवरले प्रचण्डको गालामा झा पड हाने । प्रचण्डलाई थ प्पड हानेपछि कार्यकर्ताको कु टा इबाट घा इते भएका कुँवर पूर्व मा ओवादी कार्यकर्ता थिए । मा ओ वादी आ न्दो लनका नाममा यु द्ध भर ब न्दु क बोकाएर शान्ति प्रक्रियामा आएपछि भ्र ष्टा चारको थुप्रोमाथि प्रचण्ड उभिएको भन्दै
आफूले थप्पड हानेको प्रतिक्रिया दिएका थिए ।केही दिन प्रहरीको हिरासतमा रहेका कुँवर प्रचण्डले माफी दिएपछि मुक्त भएका थिए । उनीपछि दोस्रो संविधानसभाको चुनावमा काठमाडौं १० मा प्रचण्डसँगै सभासद पदको निर्वाचनमा प्रतिस्पर्धी बने । उनले सो चुनावमा ३८ मत पाएका थिए ।
प्रतिक्रिया