Logo

नेपालमा पनि आयो कोरना भाइरस, २ जना टेकु अस्पतालको आइसोलेसनमा भर्ना !

केहिदिन अघि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विश्वभर सं’क्र’मण फैलिएको ‘कोरोना भाइरस’बाट हुने सम्भावित जोखिमलाई मध्यनजर गर्दै नेपालमा पूर्व सावधानी अपनाउन भनेको थियो ।चिनबाट शुरु भएको कोरना भाइरस नेपालमा पनि भित्रिएको पुष्टि भएसँगै सरकारले जोखिम बढ्न नदिन सावधानी अपनाएको र सबैमा सचेत रहन समेत आग्रह गरेको थियो ।

भाइरस नेपालमा पनि भित्रिएको पुष्टि भएसँगै आज चीन र दक्षिण कोरियाबाट फर्केका दुई जना नेपाली कोरोना भाइरसको सं‌’क्रम’ण आशंकामा अस्पताल भर्ना गरिएको छ ।नेपाल बाहिर बाट आएका ति दुइ जना नेपालीलाई टेकुस्थित शहीद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको आइसोलेसन वार्डमा राखिएको छ ।उनीहरू घरमै बस्दा ज्वरो आएपछि अस्पतालको सम्पर्कमा आएका आएका हुन् ।

हस्पिटलका एक कर्मचारीका अनुसार, ‘नमुना संकलन गरेर ल्याबमा पठाइसकेको छ , भोलिसम्ममा रिपोर्ट आउने छ ।’ नेपाल बाहिर बाट आएका उनीहरुलाई विमानस्थलबाट शंका गरेर अस्पताल पठाइएको होइन ।मन्त्रालयले काठमाडौंका सबै अस्पताललाई सतर्क अवस्थामा रहन र ‘आइसोलेसन वार्ड’बनाएर उपचारको व्यवस्था मिलाउन निर्देशन दिइसकेको छ ।सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ‘हेल्थ डेस्क’लाई थप प्रभावकारी बनाएको जनाएको छ ।

विदेशबाट आउने यात्रुको उच्च निगरानीमा राखी स्वास्थ्य परीक्षण गरी पठाउने व्यवस्था मिलाएको छ ।यदि कोही यात्रुमा सं’क्र”मणको शंका लागेमा त्यहाँबाट सोझै अस्पताल पुर्‍याइने व्यवस्था मिलाएको छ । एम्बुलेन्स पनि तयारी अवस्थामा राखिएको मन्त्रालयले जनाएको छ ।चीनमा कोरोना भाइरसको सं’क्र’मण फैलँदै गएपछि विभिन्न चिनियाँ शहरहरूमा रहेका नेपालीहरू समेत स्वदेश फर्किन थालेका छन् । उनीहरुलाई विमानस्थलमा उच्च निगरानीमा राखिएको विमानस्थलस्थित हेल्थ डेस्कले जानकारी दिएको हो ।

प्रतिक्रिया दिनुहोस्