
लमजुङको बेसीशहर नगरपालिका ९ का निर्वाचित वडाध्यक्ष सरद बराल वि’रुद्ध कुखुरा चो’री’को आ’रो’पमा उ’जुरी परेको छ।बेसीशहर नगरपालिका ६ चनौतीका कुखुरा पालक किसान सोमबहादुर राउतले वडाध्यक्ष बराल वि’रुद्ध जिल्ला प्रहरी कार्यालय लमजुङमा उ’जुरी दिएका हुन्।
जिल्ला प्रहरी कार्यालय लमजुङका अनुसार वडाध्यक्ष बरालले गत मंगलबार माघ २१ गते आफ्नो फर्मको ढोका फो’डेर कुखुरा चो’री गरी लगेको भन्दै राउतले उ’जुरी दिएका छन्। वडाध्यक्ष बरालले आफ्नो फर्मबाट ५ सय जति कुखुरा चो’री गरेर ल’गेको राउतको आ’रोप छ।
तर, वडाध्यक्ष बरालले भने चो’री गरेको नभइ किसान राउतकै अगाडिबाट कुखुरा उठाएर लगेको बताएका छन्। खबरहबको सम्पर्कमा आएका वडाध्यक्ष बरालले आफ्नो ऋ’ण नतिरेपछि राउतको फर्मबाट कुखुरा उठाएको बताए।
वडाध्यक्षमा निर्वाचित हुनु अगाडि म पसल सञ्चालन गरेर बस्दै आएको थिएँ। म’वि’रुद्ध उ’जुरी दिने राउतजीले २०७३ सालदेखि मेरो पसलबाट कुखुराको दानादेखि कुखुराका चल्ला र कुखुरा नै पैसा न’तिरी उ’दारोमा लैजाने गर्नुहुन्थ्यो। अहिलेसम्मको हिसाव गर्दा उहाँले मलाई १ लाख ६६ हजार रुपैयाँ ति’र्न बाँकी छ, वाडध्यक्ष बरालले खबरहबसँग भने।
पछिल्लो करिब ४५ दिन अगाडि पनि उहाँले मबाट ४ सय ६० वटा कुखुरा पैसा न’तिरी पाल्छु भनेर उ’धा’रोमा लिनुभएको थियो। तर, मेरो पैसा न’तिरी उहाँले ती कुखुरा अन्य व्यक्तिलाई बेच्न लागेको थाहा पाएपछि मैले आफ्नै कुखुरा उ’ठाएर ल्याएको हुँ।
किसान राउतसँग उनले ४५ दिनसम्म कुखुरालाई दाना खुवाउन लागेको ख’र्च व्य’होर्ने गरी आफैंले उ’धारोमा दिएको कुखुरा उठाएर ल्याएको वडाध्यक्ष बरालको भनाइ छ।
२१ गते बिहान साढे ७ बजेतिर मैले उहाँ राउतको फर्मबाट २ सय २३ कुखुरा ल्याएर आएको हुँ। ती कुखुरा मैले नै पहिले उ’धारोमा दिएको थिएँ। उहाँलाई ४५ दिनसम्म दाना खुवाउँदा लागेको ख’र्च दिन्छु भनेकै थिए।
वडाध्यक्ष बरालले भने, फेरि उहाँ प्रहरी कार्यालय जानुभएको रहेछ। प्रहरीले छ’लफल गर्न बोलाउँदा पनि उहाँ स’हमतिमा आ’उनुभएन। उठेर हिँड्नु भएको छ। विभिन्न मिडियामा मैले कुखुरा चो’रे’को भन्दै समाचार लेखाउनु भएको रहेछ।














प्रतिक्रिया