Logo

प्रियंकाको फोटो खिच्दा निशा र साहनालाई किन पर्यो आपत ?

अभिनेत्री प्रियंका कार्की र अभिनेता आयुष्मान देशराज जोशीले एक हप्ता लगाएर धूमधामसँग विवाह गरे । विवाहका विभिन्न रिवाजहरूमा प्रियंका आयुष्यमानलगायतले निकट व्यक्ति मात्र निम्त्याए भने शुक्रवार विवाह सम्पन्न गरे पछि आयोजना गरिएको पार्टीमा भने मिडियालाई पनि निम्त्याइको थियो । उनीहरूले परम्परागत रूपमा विवाह गरेकै दिन रिसेप्सन पार्टी राखिएको थियो ।

केही फोटोपत्रकारहरु पार्टी आयोजना गरेको स्थानमा छिट्टै पुगेका थिए । उनीहरूको विवाह पनि पार्क भिलेज रिसोर्ट विवाह भइरहेको थियो । विवाह लगायत रिवाजमा मिडियालाई नबोलाइए पनि उपस्थित व्यक्तिले खिचेका तस्बिरहरू सामाजिक सञ्जालमा रङ्गिरहेका थिए ।उसो त प्रेम सम्बन्धमा रहँदा नै सम्बन्ध नलुकाएका यी जोडीको विवाहको तस्बिर सार्वजनिक हुनुमा कुनै नौलो वा अप्ठेरो नहुनु पर्ने हो । तर विवाहको दिन त्यस्तो भएन ।

विवाहका केही तस्बिर विवाह स्थल पुगेका केही फोटो पत्रकारले खिचिरहँदा रोकावट मात्र आएन खिचेको तस्बिर नै डिलिट गर्न लगाइयो । तस्बिर खिचिरहेका पत्रकारलाई नायिका निशा अधिकारी र साहना बज्रार्चायले गोप्नीयता भंग गरेको भन्दै जबरजस्ती तस्बिर डिलिट गर्न लगाएका थिए । प्रियंकालाई अन्माउने क्रममा खिचिएका केही थान तस्बिर डिलिट गर्न लगाइयो तर प्रविधिको जमाना न हो तस्बिर सार्वजनिक भए ।

विवाह भइरहँदा खिचिएका अन्य तस्बिर सार्वजनिक भएका नै छन् ।त्यसमाथि प्रियंकाका निकटका कलाकार पनि विवाहमा उपस्थित भएका कारण फोटो सामाजिक सञ्जालमा सार्वजनिक भइरहेकै छन् तर मिडियाले प्रियंकालाई अन्माउँदै गरेको तस्बिर सार्वजनिक हुन नदिनु पछाडिको कारण भएन प्रियंका आयुष्मान लगायत तस्बिर लिनबाट रोक्ने कसैले दिएका छैनन् । प्रियंकालाई अन्माउने क्रममा उनका आफन्तले बोकेर गाडीमा राख्दै थिए जसमा प्रियंका खुसी देखिएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्