१. कब्जियत
प्याजमा भएका रेशाहरू पेटको रोगका लागि लाभदायक मानिन्छन् । दिनदिनै एउटा काँचो प्याज खाँदा कब्जियत, ग्यास र एसिडिटीको समस्या समाप्त हुन्छ अनि पाचनप्रक्रियाले पनि सुचारु रूपमा काम गर्दछ ।
२. रक्तचाप
प्याजमा भएको मिथाइल सल्फाइड र अमिनो एसिडका कारण रक्तचापलाई नियन्त्रणमा राख्न सफल हुन्छ । दिनको एउटा काँचो प्याज खाएर उच्च रक्तचापबाट छुटकारा पाउन सकिन्छ।
३. पत्थरी
विहानै खाली पेटमा दुई चम्चा प्याजको रस पिउँदा पत्थरीको समस्या सधैँका लागि हट्दछ।
४. मधुमेह
काँचो प्याज खाँदा शरीरमा इन्सुलिन बन्छ । दिनदिनै एउटा काँचो प्याज वा त्यसको रसको सेवनले मधुमेह निको पार्दछ ।
५. घाँटी खसखसाउन छोड्दछ
रुघा, कफ र घाँटी खसखसाउने समस्यालाई हटाउनका लागि प्याजको रसमा सक्खर र मह मिसाएर पिउनुपर्दछ । यसरी पिएमा सधैँका लागि त्यस किसिमका समस्याहरु हटेर जान्छन् ।
६. रक्ताल्पता
दिनदिनै एउटा काँचो प्याज खाँदा शरीरमा रगतको कमी हुन पाउँदैन । यसबाहेक प्याजमा भएका पोषक तत्त्वले रोगप्रतिरोधक क्षमता पनि वृद्धि गर्दछन् ।
प्रतिक्रिया