Logo

पति र भीनाजुको क्यान्सरबाट निधन भएपछि, नायिका स्वेता खड्काले गरिन क्यान्सर हस्पिटलको शिलन्यास !

सिन्धुपाल्चोकमा माझी बस्ती बनाइरहेकी नायिका श्वेता खड्काले समाज सेवामा फेरी अर्को फड्को मारेकी छन् । उनले ललितपुरको गोदावरीमा क्यान्सर हस्पिटल बनाउने भएकी छन् । त्यसका लागी उनले आज गोदावरी–९ छम्पीमा शिलन्यास गरी सकेकी छन् । पति श्रीकृष्ण श्रेष्ठको क्यान्सरका कारण निधन भएपछि श्वेताले नेशनल हस्पिटल एण्ड क्यान्सर रिसर्च सेन्टर बनाउन लागेकी हुन् ।

गोदावरी नगरपालिका र नेशनल हस्पिटल एण्ड क्यान्सर रिसर्च सेन्टरबीचको सहमतिअनुसार २९ रोपनी जग्गा ४० वर्षका लागि भाडामा लिएर उक्त भबन बनाउन लागिएको हो । उक्त हस्पिटलमा सय शैयाको क्षमता हुने छ ।

अस्पतालको भवन निर्माणमा २ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ भने समय तीन वर्ष लाग्ने छ । क्यान्सरकै कारण श्वेताले आफ्नो परिवारका २ सदस्यलाई गुमाएकी छिन् । जसकारण क्यान्सर पीडित र उनीहरुको आफन्तले भोग्नुपरेको पीडालाई उनले नजिकबाट बुझेकी छिन् ।

यहि पीडालाई केहि हदसम्म भएपनि राहत दिने सोच सहित श्वेताले क्यान्सर हस्पिटलको निर्माण गर्ने कुरा पहिल्यैदेखि बताउँदै आएकी थिईन् । अहिले आएर उनको सपना नेशनल क्यान्सर अस्पतालले पूरा गरिदिएको छ । किनभने श्वेता पनि अस्पतालको सदस्यमा अनुबन्धित भएकी छिन् ।

श्वेता अस्पतालले व्यवसायिक रुपमा नभई मानवीय रुपमा सेवा दिनुपर्ने पक्षमा छिन् । त्यसैले उनी यस सामुदायिक अस्पताललाई अस्पतालको भवनको रुपमा होइन क्यान्सर पीडितहरुको घरको रुपमा स्थापित गर्न चाहन्छिन् । उनको स्टाटस जस्ताको तस्तै तल पढ्नुहोस :

“क्यान्सर पीडितहरुको सेवामा मेरो अर्को पाईला ”

आज, गोदावरी नगरपालिकाको छम्पीमा नेशनल क्यान्सर अस्पतालको सिलान्यास गर्न पाउँदा एउटा बेग्लै खुशी र आनन्दको महसुस भएको छ ।क्यान्सरका कारण मैले मेरा अती आत्मिय दुई सदस्य गुमाएको छु । मेरो जीवनसाथी स्व श्री श्रीकृष्ण श्रेष्ठ र मेरा आत्मिय भिनाजुको निधनको कारण बनेको ‘क्यान्सर’ रोग बिरुद्द मानसिक यु’द्द लडिरहेकी पनि छु ।

क्यान्सर पीडितहरु प्रती मेरो भिन्नै स्नेह , सद्भाव र साहनुभुती छ । मैले एकदमै नजिकबाट क्यान्सर पीडितहरुको छ’ट्प’ट्टी र पिंडालाई नियालेकी छु । मलाई थाहाछ, यो रोग बाट आफ्न आत्मिय ब्यक्तिहरु गुमाउनु पर्दाको पिंडा । मैले विगत ५ बर्षदेखी एउटा क्यान्सर अस्पातल खडा गर्ने धोको साँचिरहेकी थिएँ । आज त्यो धोको नेशनल हस्पिटल एण्ड क्यान्सर रिसर्च सेण्टरले पुरा गरिदिएको छु ।

बिगत १० बर्षदेखी क्यान्सरको क्षेत्रमा बिशेष योगदान दिंदै आएको यो अस्पतालले मलाई पनि एउटा सदस्यको रुपमा ग्रहण गर्दै मेरो सपनालाई साकार गर्ने बाटो खोलिदिएको छ । क्यान्सर पिंडितहरुलाई ब्यवसायिक रुपमा सेवा प्रदान गर्ने धेरै अस्पताल हरु छन् तर मानवियताको सोचलाई मुटुको एउटा कुनामा राखेर मन बचन र कर्मले सेवा गर्ने थोरै अस्पातलहरु छन् ।

यो अस्पतालको निर्माण पस्चात् क्यान्सर पिडिंतहरुले स्वच्छ सेवा पाउनेमा दुइमत छैन । क्यान्सरलाई कमाइ गर्ने माध्यम बनाउने सोचबाट अलिक टाढा रहेर निर्माण हुन लागेको यस् अस्पतालका संचालक समितिका पदाधिकारी तथा चिकित्सकहरु “मानवियता”को सोचले ओतपोत हुनुहुन्छ । जहाँ मानवियता को सोच हुन्छ त्यहा ब्यवसायिकता मात्र होइन स्वच्छ सेवाको भाव हुन्छ ।

यही भावनाको मिश्रणले आज एउटा सामुदायिक अस्पतालको जग बसेको छ । अबका केही बर्षमा यो जगमा खसेको इट्टाले अस्पतालको भवनको रुपमा होइन क्यान्सर पीडितहरुको घरको रुपमा स्थापित हुनेछ । मलाई यो महान कार्यमा लायक सम्झनुहुने यस अस्पतालका अग्रजहरुलाई म ,मनै देखी हार्दिक धन्यवाद दिन चाहन्छु ।

प्रतिक्रिया दिनुहोस्