Logo

स्वर्गीय केशवराज भट्टराईको परिवारलाई नायिका करिश्माले दिइन् १ लाख १ सय १ रुपैयाँ !

सदावहार नायिका करिश्मा मानन्धरले यो वर्ष होलीका लागी खर्च गर्ने रकम मध्ये रु। एक लाख एक सय एक रुपिया स्वर्गीय केशवराज भट्टराईको परिवारलाई सहयोग समेत गर्ने भएकी छिन् ।

नायिका मानन्धरले हरेक वर्ष होली पर्व धुमधामसंग मनाउने गरिरहेकोमा यो वर्ष नमनाउने निधो गरेसँगै होलीमा गर्ने खर्चमध्येको उक्त रकम करिष्मा मानन्धर र विनोद मानन्धरले आज पत्रकार प्रकाश सुवेदी र दिपाश्री निरौलालाई रकम हस्तान्तरण गर्दै यो खबर सार्वजनिक गरेकी हुन् ।

केशवराज भट्टराईको असमायिक निधनका कारण उनको आर्थिक समस्यामा परेको भन्दै मिडियामा आएपछि स्वर्गीय केशवराज भट्टराईको परिवारलाई सहयोग आउने क्रम जारी छ । स्वर्गीय केशवराज भट्टराईकी पत्नि निता भट्टराईले विभिन्न कार्यक्रममा पुगेर आफ्नो समस्या राखेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्