Logo

भारतीय संस्कारमा किन गरियो प्रियंका र आयुष्मानको विवाह ?

नेपाली सिने जगतका ‘हट केक’ मानिएका नायिका प्रियंका कार्की र नायक आयुष्मान देशराज जोशीले हालै धुमधामका साथ विवाह गरे । यहि फागुन १६ गते कानुनी र १७ गते परम्परागत रुपमा विवाह गरेका यी जोडीको प्रेम अफेयर्सका बारेमा खुबै चर्चा चलेको थियो । बिहे अगाडि ‘ब्याचलर पार्टी, मेहेन्दी र संगीत सेरेमोनी गरेर चर्चा बटुलेका यी जोडीका विवाह र पहिरनका बारेमा प्रशंसा र आलोचना पनि उत्तिकै चल्यो ।

प्रियंकाले इन्स्टाग्राममा पोष्ट गरेका तस्वीरहरुमा नेपाली मौलिक परम्पराभन्दा पनि भारतीय संस्कार झल्किएपछि उनका शुभेच्छुकहरुले गाली गरेका छन् । भारतीय संस्कारको नक्कल गरेको भन्दै उनीहरुमाथि खनिएका शुभेच्छुकहरुका लागि प्रियंकाले प्रष्टीकरण नै दिनुपरेको छ । बधाई र गाली सँगसँगै बर्षिएपछि उनले शुभेच्छुकहरुलाई स्पष्ट पार्न खोजेकी छन् । प्रियंकाले आफूहरु दुवैको मावलीको पुर्खा भारतीय भएको खुलाएकी छन् ।

उनले आमापट्टिको पुर्खालाई सम्मान गर्न भारतीय र नेपाली संस्कार मिश्रण गरेका हौं’ भनेर स्पष्ट गरेकी छन् । उनले लेखेकी छन्, ‘मेरी आमा रक्षा मल्होत्रा आधा नेपाली र आधा पञ्जाबी हुनुहुन्छ । हाम्रो आमापट्टिको हजुरबा पञ्जाबी हुनुहुन्छ र हाम्रो परिवार अमृतसर र हरियाणामा छ । आयूष्मानको पनि आमाको हजुरबा पनि पञ्जाबी हुनुहुन्छ । उहाँको देशराज थर त्यतैबाट आएको हो ।’

प्रतिक्रिया दिनुहोस्