घरमा सुख-समृद्धि ल्याउन विहानै गरौं यी काम ! पढेर शेयर अवस्य गर्नुहोला


उठ्नसाथ ऐना

दिनको सुरुवात राम्रो तरिकाले होस् भन्नका लागि कति व्यक्तिको चाहना हुन्छ, केही राम्रो हेरौं । यही मनोवृत्तिले गर्दा कति मानिस आˆनो सुत्ने कोठामा आकर्षक एवं उमंगमय भावको तस्विर टास्ने गर्छन् । कतिले शयन कक्षाको सामुन्नेमा ऐना राख्ने गर्छन् । तर, वास्तुशास्त्रले बिहान उठ्नसाथ ऐना हेर्नुलाई राम्रो मानेको छैन । जब हामी ऐनामा आफ्नो प्रतिबिम्ब देख्छौं, मनमा सकारात्मक भाव जाग्दैन ।

दोश्रो व्यक्तिको अनुहार हेर्नु

‘बिहान बिहान कसको अनुहार हेरिएछ, पुरै दिन खराब भयो’, कतिपय अवस्थामा यो वाक्य हामी पनि बोल्छौ । किनकी वास्तु शास्त्रमा भनिएको छ, बिहान उठ्ने वित्तिकै अन्य व्यक्तिको अनुहार हेरेमा उनीहरुको नकारात्मक उर्जा तपाईमा पर्छ । यसले पनि हाम्रो दैनिकी प्रभावित हुन्छ ।

लडाई झगडा गर्नु

वास्तुशास्त्र अनुसार दिनको सुरुवात सकारात्मक सोचका साथ गर्नु गर्छ । त्यसैले विहान विहान कसैसँग झगडा गर्नु, नमिठो वचन बोल्नु, खराब चिन्तन गर्नु हुँदैन ।

जनावरको नाम लिनु

वास्तु शास्त्रले के भन्छ भने खाना खानुअघि कुनै पनि पशु वा गाउँको नाम लिनु हुँदैन । वस्तुशास्त्रमा यसलाई अशुभ मानिन्छ । त्यसो भए वास्तु अनुसार विहान उठ्ने वित्तिकै के गर्ने ?

माता पिताको खुट्टा ढोग्ने

मातापिता भनेको जगतजननी हुन् । जगतजननी भएकै कारण उनीहरुमा दिव्य शक्ति हुन्छ । र, उक्त दिव्य शक्ति मातापिताद्धारा नै प्राप्त गर्न सकिने हुदाँ त्यसलाई हासिल गर्न पनि मातापिताको खुट्टा ढोग्नु पर्छ । त्यसबाहेक, मातापिता प्रति सम्मान प्रकट गर्न तथा मातापिताबाट आर्शीवाद प्राप्त गर्न पनि वास्तुशास्त्रका आधारमा विहान उठेर सबैभन्दा पहिले माता पिताको खुट्टा ढोग्नसपर्छ । त्यस्तै, आˆनो हस्तरेखा हेरेर भगवानको स्मरण गर्नुपर्छ । यसले घरमा सकारात्मक माहोल पैदा गर्नुका साथै व्यक्तिमा आत्मविश्वास जगाउँछ ।

तुलसीलाई जल चढाउने

घरमा तुलसी रोप्नु धार्मिक दृटिले मात्र नभई आध्यात्मिक तथा वातावरणीय दृष्टिकोणले समेत लाभदायक मानिन्छ । यसले बाताबरण शुद्ध रहनुका साथै ज्ञान, विवेक, सुख, सम्पत्ति तथा स्वास्थ्यमा वृछि हुन्छ । भनिन्छ, जुन घरमा तुलसीको वास हुन्छ, उक्त घर सुखी हुनुका साथै स्वस्थ रहन्छ । त्यसैले पनि विहान उठ्ने वित्तिकै तुलसीलाई जल चढाउनु पर्छ । यसले घरमा सकारात्मक उर्जा प्रवाह हुनुका साथै स्वास्थ्य पनि राम्रो हुन्छ ।

घरमा तुलसीको पानी चढाउने

विहानको स्नान पश्चात्त तामाको लोटामा जल भरेर त्यसमा तुलसीको पत्ता राख्नु पर्छ । अब यसलाई घरको मुख्य द्धार तथा प्रत्येक कोठामा छर्किन पर्छ । यसो गर्नाले घरको नकारात्मक उर्जा नष्ट हुन्छ ।

दियो बाल्ने

घरमा विहान सबेरै दियो बाल्नाले सकारात्मक उर्जाको पवेश हुन्छ । साथै, यसले पैसा सम्बन्धि समस्या समेत हटेर जन्छ । यसबाहेक, घरकी महिलाले एक लोटो पानी घरको मुख्य द्धारमा राखेको खण्डमा घरमा लक्ष्मीको आगमन हुन्छ ।