Logo

अर्थमन्त्री खतिवडाले दिए राजीनामा !

अर्थमन्त्री डा. युवराज खतिवडाले पदबाट राजीनामा दिएका छन् ।
उनको राष्ट्रियसभा सदस्यको कार्यकाल आज मंगलबार मध्यरातमा सकिँदैछ । त्यसअघि उनले अर्थमन्त्रीबाट राजीनामा दिएका हुन् ।

उनको राजीनामा राष्ट्रपति कार्यालय पुगिसकेको छ ।

तर उनको पुनः नियुक्त हुनेछ । नेकपा उच्च स्रोतकाअनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले खतिवडालाई संविधानको धारा ७८ अनुसार पुनः अर्थमन्त्री नियुक्त गर्नेछन् ।

धारा ७८ मा संघीय संसदको सदस्य नभएको व्यक्तिलाई मन्त्री नियुक्त गर्न सकिनेछ । र, यसरी नियुक्त मन्त्रीले सपथ लिएको ६ महिनाभित्र संघीय संसदको सदस्यता पाइसक्नु पर्नेछ ।

स्रोतका अनुसार उनको पुन: नियुक्ति र सपथ भोलिमात्र हुनेछ ।

प्रतिक्रिया दिनुहोस्